नेभिगेशन
समाज

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

काठमाडौँ । नेपाली कांंग्रेसका महामन्त्री गगनकुमार थापाले जसरीपनि पुस मसान्तभित्र विशेष महाधिवेशन आयोजना गर्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म कांग्रेस कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राख्दै थापाले पार्टीको विधान अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका हुन् । 

Ncell
Extreme Energy

बैठकपछि पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिले पुसभित्र महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गर्दिन भन्न नपाउने जिकिर गरे । बैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राखेको भन्दै थापाले विधानको अधिकार अनुसार विशेष महाधिवेशन गर्न नेतृत्व तयार हुने विश्वास व्यक्त गरे । तर विशेष महाधिवेशन गर्न नेतृत्वले नचाहे विधानको धारा १७(२) बमोजिम विशेष अधिकारको प्रयोग गरेर पुस मसान्तभित्र विशेष महाधिवेशनको आयोजना गर्ने स्पष्ट पारे । 

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले आवश्यक निर्णय गर्ने बताए । विशेष महाधिवेशनको आयोजनाले पार्टी बिभाजन नहुने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।