नेभिगेशन
मुख्य समाचार

पुस मसान्तभित्र विशेष महाधिवेशन हुन्छः गगन थापा

काठमाडौँ । नेपाली कांंग्रेसका महामन्त्री गगनकुमार थापाले जसरीपनि पुस मसान्तभित्र विशेष महाधिवेशन आयोजना गर्ने बताएका छन् । 

१५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म कांग्रेस कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राख्दै थापाले पार्टीको विधान अनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन गरिछाड्ने बताएका हुन् । 

CG

बैठकपछि पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिले पुसभित्र महाधिवेशन गर्न नसकेको अवस्थामा विशेष महाधिवेशन गर्दिन भन्न नपाउने जिकिर गरे । बैशाखमा महाधिवेशन गर्ने कार्यसम्पादन समितिको निर्णयप्रति फरक मत राखेको भन्दै थापाले विधानको अधिकार अनुसार विशेष महाधिवेशन गर्न नेतृत्व तयार हुने विश्वास व्यक्त गरे । तर विशेष महाधिवेशन गर्न नेतृत्वले नचाहे विधानको धारा १७(२) बमोजिम विशेष अधिकारको प्रयोग गरेर पुस मसान्तभित्र विशेष महाधिवेशनको आयोजना गर्ने स्पष्ट पारे । 

विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ वा कसरी हुन्छ भन्नेबारे केहिदिनभित्रै टुङ्गो लाग्ने उनको भनाइ छ । उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठूलो भएकाले केन्द्रीय कार्यसमितिले निर्णय नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले आवश्यक निर्णय गर्ने बताए । विशेष महाधिवेशनको आयोजनाले पार्टी बिभाजन नहुने उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस नियमित  महाधिवेशनमा गयो, विषेश महाधिवेशनको औचित्य सकियोः प्रकाशरण महत

कांग्रेस नियमित महाधिवेशनमा गयो, विषेश महाधिवेशनको औचित्य सकियोः प्रकाशरण महत

कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशनको कार्यतालिका पारित गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा महतले  विषेश महाधिवेशनको औचित्य समेत सकिएको बताए ।
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकताः संयोजक दाहाल

शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएका हुन । उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प...
दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

दलहरुको समानुपातिक बन्दसूचीमा अपाङ्ग व्यक्तिलाई समावेश गर्न अदालतले आदेश

केहि दलहरुले पेश गरेको समानुपातिक बन्दसूचीमा संविधान र कानूनबमोजिम अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको देखिएका कारण त्यस्तो राजनीतिक दलहरुलाई उम्मेदवारको बन्द सूची सच्चाई अपाङ्गता भएका व्यक्तिहरूको नामसमेत समावेश...
ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

ऊर्जामन्त्री घिसिङ रास्वपा प्रवेश गरेको बिषय सरकारलाई औपचारिक जानकारी छैनः मन्त्री खरेल

शुक्रबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने...

भर्खरै