नेभिगेशन
समाज

समानुपातिक सूचीबाट फिर्ता भए आशिफ साह, भन्छन्ः अब प्रत्यक्ष चुनाव लड्छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका आशिफ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक उनले जनताको भावना र पार्टीभित्रको आवाजलाई सम्मान गर्दै समानुपातिक सूचीबाट पछि हट्ने निर्णय गरेको बताएका हुन् ।
उम्मेदवारी दर्तापछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रिया र पार्टीभित्रका साथीहरूको भावनाले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको उल्लेख गर्दै साहले ‘नियत सही हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभूति भयो,’ लेखेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन् । बालेन–रवि–कुलमानको सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको र त्यही भूमिकाका कारण साथीहरूको आग्रहमा सांसदको बन्द सूचीमा नाम समावेश गरिएको उनको भनाइ छ ।

समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो रोज्न नसक्ने स्पष्ट गर्दै साहले देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै भूमिकामा रहे पनि दिने प्रतिबद्धता जनाएका छन् । साथै, उनले समानुपातिक सूचीमा रहेका अन्य नेताहरूलाई पनि दुई कदम पछाडि हटेर जनताको भावनाको कदर गर्न आग्रह गरेका छन् ।

साहले प्रत्यक्ष निर्वाचनमार्फत जनताको बीचमा उभिएर उम्मेदवारी दिने बताउदै काठमाडौं–५ बाट प्रत्यक्ष चुनाव लड्न पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।