नेभिगेशन
समाज

पूर्वमन्त्री खड्कासहित कांग्रेस र एमाले कार्यकर्ता रास्वपा प्रवेश

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट सामाजिक विकास मन्त्री बनेका विन्दुकुमार थापाकी बुहारी मिलन थापा पनि रास्वपा प्रवेश

काठमाडौँ । गण्डकी प्रदेशको पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासहित नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले शनिबार पोखरामा आयोजना गरेको पार्टी सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री खड्का, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधी मिलन थापा, एमालेका पूर्व गण्डकी प्रदेश कमिटी सदस्य पुष्पराज अधिकारी लगायत नेता तथा कार्यकर्तालाई रास्वपा उपसभापति स्वर्णीम वाग्ले, नेताहरु मनिष झा, कविन्द्र बुर्लाकोटी लगायतले स्वागत गरेका हुन् ।

Ncell
Extreme Energy

पूर्वमन्त्री खड्का अखण्ड नेपाल पार्टीमार्फत राजनीतिमा आएका थिए। उक्त पार्टी कांग्रेसमा बिलय गराएपछि खड्कालाई कांग्रेसले समानुपातिक तर्फबाट गण्डकी प्रदेशको सांसद र मन्त्री बनाएको थियो।
रास्वपा प्रवेश गरेकी मिलन थापा गण्डकी प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट सामाजिक विकास मन्त्री बनेका विन्दुकुमार थापाको बुहारी हुन्।

लायन्स क्लबमा सक्रिय थापालाई यसअघि कांग्रेसले पोखरा महानगरको उपमेयरमा सिफारिस गरेको थियो। उनका श्रीमान ध्रुब थापा नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष हुन्।

पार्टी प्रवेश कार्यक्रममा पोखराकै पूर्व पाइलट मदन केसी पनि रास्वपा प्रवेश गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान, कहाँ कसरी दिने ?

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ । सूचना पहिलोपटक...
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

सङ्घीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ । महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।