नेभिगेशन
मुख्य समाचार

क्यानद्वारा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले पुरुष, महिला तथा युवा तहमा वर्षभरि हुने विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सन् २०२६ मा घरेलु स्तरमा जिल्ला र प्रदेशस्तरस्तरीय क्रिकेटका साथै जय ट्रफी र राष्ट्रिय विद्यालय च्याम्पियनसिप जिल्लास्तर र प्रदेशस्तरमा सञ्चालन हुने क्यानले जनाएको छ ।

CG

त्यस्तै युवा क्रिकेटलाई प्राथमिकतामा राख्दै क्यान युवा कप, लेभल १ र २ कोचिङ कोर्स, पिच क्युरेटर कोर्स तथा अम्पायरिङ कोर्स आयोजना गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय आईसीसी टी–२० विश्वकप, यू–१९ टोलीको भुटान तथा मलेसिया भ्रमण, आईसीसी विश्व क्रिकेट लिग, एसीसी पुरुष र महिला कप प्रतियोगिता, तथा एसिया कपमा प्रतिस्पर्धा हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

उनले घरेलु क्रिकेट खेलाडीहरुलाई अवसर प्रदान गर्नका लागि बिभिन्न प्रतियोगिता आयोजना गरिएको बताए । खड्काले टेस्ट मान्यता राष्ट्रसंग खेल्नका लागि क्यानले प्रस्ताव अघि बढाएको जानकारी दिए ।

क्यानले क्यानले २०२६ मा घरेलु संरचना बलियो बनाएर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने जनाएको छ । अक्टोबरदेखि नोभेम्बरसम्म नेपाल प्रिमियर लिग (एनपीएल) को तेश्रो संस्करण आयोजना हुने क्यानको क्यालेन्डरमा समावेश गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी

आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने दुर्गा प्रसाईंको चेतावनी

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ बिषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिएका हुन । उनले सरकारसंगको...
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आइतबार ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४...
छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले...
रास्वपाको केन्द्रीय सचिवालय बैठक वनस्थलीमा सुरु

रास्वपाको केन्द्रीय सचिवालय बैठक वनस्थलीमा सुरु

केन्द्रीय कार्यालय वनस्थलीमा केहिबेर पहिले बैठक सुरुभएको हो । आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुने रास्वपा सचिवालयले जनाएको छ ।