नेभिगेशन
समाज

माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो

माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड) बनाउने भ्याइनभ्याइ छ। चाडपर्वको मुखमा नगदको आवश्यकता टार्न किसानहरूले सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय 'क्रसर' उद्योगलाई उखु बेच्न थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल चिनी मिलहरूले उखुको मूल्य प्रति क्विन्टल रु ६७५ सम्म दिने गरेका छन्। तर, स्थानीय सखर उद्योग (क्रसर) ले भने प्रति क्विन्टल रु ६०० मात्र दिन्छन्। क्विन्टलमै ७५ रुपैयाँको घाटा खाएर पनि किसानहरू स्थानीय उद्योगमै आकर्षित हुनुको मुख्य कारण हो 'भुक्तानीको समय'।

Ncell
Extreme Energy

चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ। उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्। "मिललाई उधारो दिएर महिनौं कुर्नुभन्दा, अलि सस्तोमै भएपनि १५ दिनमा पैसा आउँदा घरखर्च र चाडपर्व टार्न सजिलो हुन्छ," एक स्थानीय किसानले बताए।

स्थानीय स्तरमा सञ्चालित यी सखर उद्योगहरूले ग्रामीण अर्थतन्त्रमा टेवा पुर्‍याएका छन्। एक क्विन्टल सखर तयार पार्न करिब ७ क्विन्टल उखु खपत हुने किसानहरूको अनुभव छ। यी साना उद्योगहरूले स्थानीय स्तरमै रोजगारी समेत सिर्जना गरेका छन्, जसले गर्दा युवाहरूले गाउँमै काम पाएका छन्।

जाडो याममा तराईमा चल्ने शितलहरले सखर उत्पादनमा पनि चुनौती थपेको छ। सखर पकाउन सामान्यतया उखु पेलेर निस्कने 'छोकरा' (बगास) सुकाएर इन्धनको रूपमा प्रयोग गरिन्छ, जसले दाउराको खर्च बचाउँछ। तर, घाम नलाग्दा र शितलहर चल्दा छोक्रा नसुक्ने समस्या हुन्छ। यस्तो अवस्थामा किसानहरूले महँगो मूल्यमा दाउरा किनेर सखर पकाउनु परिरहेको छ।

माघे संक्रान्तिमा सखरको माग उच्च हुने हुँदा जतिसुकै दुःख भएपनि किसानहरू उपभोक्ताको माग पूरा गर्न र आफ्नो गर्जो टार्न दिनरात खटिएका छन्।

शब्द,तस्बिरहरु  - श्रीधर पौडेल/ नेपाल फोटो लाइब्रारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध, पहिरो पन्छाउने क्रममा एक्साभेटर पुरियो

“पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात...
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो । तुइन, नाम्सी र सिमलतालमा एकतर्फी सडक...

भर्खरै