नेभिगेशन
समाज

माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो

माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड) बनाउने भ्याइनभ्याइ छ। चाडपर्वको मुखमा नगदको आवश्यकता टार्न किसानहरूले सरकारी दररेट र चिनी मिलको आकर्षक मूल्य छोडेर स्थानीय 'क्रसर' उद्योगलाई उखु बेच्न थालेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल चिनी मिलहरूले उखुको मूल्य प्रति क्विन्टल रु ६७५ सम्म दिने गरेका छन्। तर, स्थानीय सखर उद्योग (क्रसर) ले भने प्रति क्विन्टल रु ६०० मात्र दिन्छन्। क्विन्टलमै ७५ रुपैयाँको घाटा खाएर पनि किसानहरू स्थानीय उद्योगमै आकर्षित हुनुको मुख्य कारण हो 'भुक्तानीको समय'।

Ncell
Extreme Energy

चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ। उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्। "मिललाई उधारो दिएर महिनौं कुर्नुभन्दा, अलि सस्तोमै भएपनि १५ दिनमा पैसा आउँदा घरखर्च र चाडपर्व टार्न सजिलो हुन्छ," एक स्थानीय किसानले बताए।

स्थानीय स्तरमा सञ्चालित यी सखर उद्योगहरूले ग्रामीण अर्थतन्त्रमा टेवा पुर्‍याएका छन्। एक क्विन्टल सखर तयार पार्न करिब ७ क्विन्टल उखु खपत हुने किसानहरूको अनुभव छ। यी साना उद्योगहरूले स्थानीय स्तरमै रोजगारी समेत सिर्जना गरेका छन्, जसले गर्दा युवाहरूले गाउँमै काम पाएका छन्।

जाडो याममा तराईमा चल्ने शितलहरले सखर उत्पादनमा पनि चुनौती थपेको छ। सखर पकाउन सामान्यतया उखु पेलेर निस्कने 'छोकरा' (बगास) सुकाएर इन्धनको रूपमा प्रयोग गरिन्छ, जसले दाउराको खर्च बचाउँछ। तर, घाम नलाग्दा र शितलहर चल्दा छोक्रा नसुक्ने समस्या हुन्छ। यस्तो अवस्थामा किसानहरूले महँगो मूल्यमा दाउरा किनेर सखर पकाउनु परिरहेको छ।

माघे संक्रान्तिमा सखरको माग उच्च हुने हुँदा जतिसुकै दुःख भएपनि किसानहरू उपभोक्ताको माग पूरा गर्न र आफ्नो गर्जो टार्न दिनरात खटिएका छन्।

शब्द,तस्बिरहरु  - श्रीधर पौडेल/ नेपाल फोटो लाइब्रारी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।