नेभिगेशन
समाज

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गरे ।

Ncell
Extreme Energy

उनले विपद्बाट प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए । जापानले आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि धन्यवाद दिए । साथै, विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराए ।

भेटमा यस वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव मनाइरहेको विषयमा पनि छलफल भएको थियो । 

जापानका विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्र निर्माणका क्रममा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालका विकास प्रयासलाई निरन्तर सहयोग गर्ने बताए ।  

जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा थप विस्तार र सुदृढ गर्न नेपाल इच्छुक रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाका अनधिकृत संरचना डोजर लगाएर हटाउँदै

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।
परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, अझै पहिचान खुलेन

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको मृत्यु भएको छ ।
बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

बाढीले अवरुद्ध नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा

मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।