नेभिगेशन
सबै कुरा

एमाले नेता चढेको बुद्ध एयरको विमान अवतरण हुन सकेन, काठमाडौ फर्कियो

नेकपा एमाले शिर्ष नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछी काठमाडौ फर्कीएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुद्ध एयरकाे उडान नम्बर ५०१ को जहाज (9N - AJO) मा अटोपाइलट सिस्टममा प्राविधिक समस्या देखिएको छ । 

Ncell
Extreme Energy

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

तर जनकपुर विमनस्थलमा अवतरण गर्नु पुर्व जहाजमा प्राविधिक समस्याका कारण अवतरण हुन नसक्ने भन्दै काठमाडौं फर्काइएको विमान सवार एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।

सिरहामा हुने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने छन् । तर उनि विराटनगरबाट सिराह आउँदै छन् । 

बुद्ध एयरको विमानस्थल कार्यालयका अनुसार जहाजको ‘अटोपाइलट सिस्टम’मा प्राविधिक समस्या देखिएपछि पाइलटले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय लिएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...