नेभिगेशन
सबै कुरा

एमाले नेता चढेको बुद्ध एयरको विमान अवतरण हुन सकेन, काठमाडौ फर्कियो

नेकपा एमाले शिर्ष नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछी काठमाडौ फर्कीएको छ । 

बुद्ध एयरकाे उडान नम्बर ५०१ को जहाज (9N - AJO) मा अटोपाइलट सिस्टममा प्राविधिक समस्या देखिएको छ । 

City Express

सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता अमृत बोहरा लगायत बुद्ध एयरको विमानमा जनकपुर जाँदै थिए ।

तर जनकपुर विमनस्थलमा अवतरण गर्नु पुर्व जहाजमा प्राविधिक समस्याका कारण अवतरण हुन नसक्ने भन्दै काठमाडौं फर्काइएको विमान सवार एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।

सिरहामा हुने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने छन् । तर उनि विराटनगरबाट सिराह आउँदै छन् । 

बुद्ध एयरको विमानस्थल कार्यालयका अनुसार जहाजको ‘अटोपाइलट सिस्टम’मा प्राविधिक समस्या देखिएपछि पाइलटले जहाजलाई काठमाडौं नै फर्काउने निर्णय लिएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो ।
एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

उनले आजको बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताए । एमालेले आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा...
सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि...
हरिबोधिनी एकादशीः फूलको डोली सहित बागमतीमा टाँगियो तोरण (तस्बिरहरु)

हरिबोधिनी एकादशीः फूलको डोली सहित बागमतीमा टाँगियो तोरण (तस्बिरहरु)

आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गर्दै यो पर्व मनाइन्छ। आजको दिनलाई हरिबोधिनी वा...