नेभिगेशन
समाज

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोट ।  नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युगान्डाबाट नेपाल आएका नेपाली तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डालगायतको सहयोगमा संकलन गरिएको राहत सामग्री सम्बन्धित वडा तथा नगरपालिकासँगको समन्वयमा प्रभावित परिवारलाई वितरण गरिएको हो।

Ncell
Extreme Energy

राहत वितरण अभियानमा एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्याल, प्रेमबहादुर श्रेष्ठ, सीता श्रेष्ठ, बिमला कार्कीलगायत सामाजिक अभियन्ता तथा सहयोगीहरूको सक्रिय सहभागिता रहेको थियो।

अभियानअन्तर्गत करिब ३०० थान ग्यास सिलिन्डर, चुलो तथा टेन्टलगायत आवश्यक सामग्री प्रभावित परिवारलाई उपलब्ध गराइएको जनाइएको छ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले बताएका छन्। स्थानीय तह तथा सम्बन्धित वडासँगको समन्वयमा वास्तविक प्रभावित परिवार पहिचान गरी राहत सामग्री वितरण गरिएको उनीहरूको भनाइ छ।

विपद्को समयमा देश तथा विदेशमा रहेका नेपालीबीचको सहकार्य र मानवीय सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुगेको स्थानीयले बताएका छन्। उनीहरूले युगान्डाबाट आएका नेपाली, एनआरएनए युगान्डा तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

WhatsApp-Image-2026-09-15-at-13.47.19-1789459446.jpeg

WhatsApp-Image-2026-09-15-at-13.47.18-1789459551.jpeg

WhatsApp-Image-2026-09-15-at-13.47.19-(1)-1789459445.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...
चोरिएका ५० मोटरसाइकल भेट्टायो ट्राफिकले

चोरिएका ५० मोटरसाइकल भेट्टायो ट्राफिकले

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५० वटा  मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

१,३९९ शव फेला, ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

भोटेकोशी बाढीमा परेकामध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ ।