नेभिगेशन
सबै कुरा

७२ घण्टादेखि अनसनरत डा गोविन्द केसीले तोडे अनसन

विगतमा भएका सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै ७२ घण्टादेखि अनसनरत डा गोविन्द केसीले अनसन तोडेका छन् ।

गत शुक्रबार धनगडीमा अनसन सुरु गरेका केसीले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । उनको स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ ।

Global Ime Bank

चिकित्सा शिक्षा सुधारका निम्ति आफूसँग सरकारले विभिन्न चरणमा गरेका सहमति पालना नगरेपछि आफूले तीन दिने अनसनमा बसेको डा केसीले बताएका थिए ।

उनले विगतमा भएका सम्झौता, सबै सरकारी अस्पतालमा निशुल्क पाइने औषधीहरुको पर्याप्तता, सरकारी अस्पतालमा दरबन्दीका विषयमा सरकारले आफूसँग झुटको खेती गरेको बताउँदै आएका छन् ।

त्यस्तै उनले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने विषयमा पनि सरकारले लचकता नदेखाएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

माधवकुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५०...
आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?
सरकारमा गएको एक वर्ष सन्तोषजनक रहेको एमालेको निष्कर्ष

सरकारमा गएको एक वर्ष सन्तोषजनक रहेको एमालेको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूल्याङ्कन गरेको छ ।
एमालेले गर्यो उषाकिरण तिमल्सेना र विन्दा पाण्डेविरुद्धको ६ महिने निलम्बन फुकुवा

एमालेले गर्यो उषाकिरण तिमल्सेना र विन्दा पाण्डेविरुद्धको ६ महिने निलम्बन फुकुवा

नेकपा एमालेले आफ्ना २ नेताविरुद्ध लगाएको ६ महिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण...