नेभिगेशन
समाज

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

काठमाडौँ । रास्वपा सांसद डा‍.राम लामाले जेन-जीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । 
सांसद डा‍.लामाले भने:

Ncell
Extreme Energy

'भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच मिति २०८२ साल मङ्सिर २४ गते भएको सम्झौतामा यस सम्मानित सदनमार्फत पुनः स्मरण गराउन चाहन्छु—

एक, शहीद र घाइतेको त्याग र बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मरणसहितको परिपूरण।

दुई, भाद्र २३–२४ को घटनाको स्वतन्त्र अनुसन्धान, अभियोजन र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार।

तीन, राजनीतिक तथा नीतिगत भ्रष्टाचार र सार्वजनिक संस्थाहरूको दलीय करण तथा दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य।

चार, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता।

पाँच, नेपालको संविधानमा गर्नुपर्ने सुधार।

छ, पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व।

सात, पारदर्शिता।

आठ, अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको सुरक्षा।

नौ, जेन–जी परिषद्को गठन।

सम्माननीय सभामुख महोदय, यी बुँदाहरू हुबहु कार्यान्वयन गर्न म नेपाल सरकारसँग जोडदार माग गर्दछु।

धन्यवाद।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

मकवानपुरका सुकुम्बासीले पाए लालपुर्जा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।
उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

उद्धारको पर्खाइमा रहेका अनुहार नै ककपिटमा मेरो ऊर्जा हुन् : क्याप्टेन प्रिया

दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पना नै गर्न नसकिने...
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पताल ललितपुरले पाँच  वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञ आर्नोल्ड डिक्सले भने– यस्तो विपत्ति विश्वमै विरलै भएको मेरो अनुभव छ

अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको...

भर्खरै