नेभिगेशन
मुख्य समाचार

गृहमन्त्रीले भने– यो चुनावमा नयाँ मानक स्थापना भयो

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले यसपालिको चुनावले नयाँ मानक स्थापना गरेको बताएका छन् ।

देशभर एकै दिन, एकै चरणमा र कहीँ पनि स्थगित नहुने गरी सरकारले निर्वाचन सम्पन्न गरेको उनले बताएका छन् । उनले भनेका छन्– ‘पहिलापहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो। तर, यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ। स्थगन गर्नुपरेको अवस्था पनि छैन। यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ। यी मानकहरुलाई सुदृढ गर्नुपर्छ। ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री अर्यालले यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको दाबी गरे । ‘यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...
एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ ।
भोटेकोशी  बाढीका घाइते भेट्दै आङ्देम्बेले भने– उपचारमा कुनै कमी नहोस्

भोटेकोशी  बाढीका घाइते भेट्दै आङ्देम्बेले भने– उपचारमा कुनै कमी नहोस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट घाइते भई उपचाररत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।