नेभिगेशन
सबै कुरा

भन्सारका १३७ जना कर्मचारीले मागे सामूहिक सरुवा

१३ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग गरेका छन् । भन्सार विभागका महानिर्देशक मंगलबार पत्र लेख्दै उनीहरुले सरुवाको माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रमा उनीहरुले ६० किलो सुन भन्सार चोरी र छली जाँचपास भएको भन्ने घटना पश्चात् बिभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा आफूहरुलाई विनाकारण दुःख दिने तथा मानसिक क्षतविक्षत बनाउने कार्य भएको भएको उल्लेख गरेका छन् । 

Ncell
Extreme Energy

उनीहरुले पत्रमा लेखेका छन्, ‘दोषी जो कोहीलाई कारबाही गरियोस् भन्नेमा द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको एथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ  गरी दुखः दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई काम गर्न त्रास उत्पन्न भएको छ ।’

साथै उनीहरुले बिनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने अवस्था आएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...