नेभिगेशन
समाज

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

काठमाडौँ । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।

बेनीमा रहेको एकिकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले रु। एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायव सुब्बा सुवास सुवेदीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाँकी योजनाहरुको सर्वेक्षण, डिजाइन (नक्साङकन), लागत अनुमान तयार, सम्झौता र कार्यान्वयनको चरणमा रहेका छन् । पाँच/पाँच लाख रुपैयाँबजेट बिनियोजन भएको बेनपा–९ को ढाडा पधेरा आरोटा, पाखाथर र रघुगंगा गाउँपालिका–३ को गलेश्वर–बगैचा पदमार्ग निर्माण सम्पन्न भएको हो ।

Ncell
Extreme Energy

मालिका गाउँपालिका–७ मा प्रभुचेला ध्यानाश्रम, बिम–डाडागाउँ पदमार्गलाई रु। १०/१० लाख, मालिका –३ को लामखोरिया–डाडागाउँ र मालिका–४ को गौखोरे–मतौका पदमार्गलाई छ र छ लाख रुपैयाँ बिनियोजन भएको छ ।

पाँच लाख बजेट बिनियोजन भएको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ । १० लाख बजेट बिनियोजन भएको चिमखोला देखि काली बराह पदमार्ग र आठ लाख बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माणाधिन रहेको छ ।

पाँच/पाँच लाख बजेट रहेको बेनी नगरपालिकाको बराहपाखो पदमार्ग, लभ्लिडाडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेका एकिकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीले बताए ।

मंगला गाउँपालिका–४ को गम्फाधुरी – दापु– छहरा पूर्वाधार, मालिकाको बिम तल्लो गाउँ मान्थान देखि प्रभुचेला पदमार्ग र मालिका धुरी आधुनिक पूर्वाधार योजना कार्यान्वयनको चरणमा छन् । रघुगंगा गाउँपालिकाको फुलडाडा पदर्मा, मुलपानी देखि भगवती स्वास्थ्यचौकी जैसिखोर, खइसे धौलागिरी आइसफल पदमार्ग डिपिआर र गायत्री मन्दीर उद्यान निर्माण योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको टिकोट –सोबन्ध पदमार्ग, मारका पदमार्ग, चित्रे हुदै घान्द्रुक देउराली पदमार्ग र फगाम–सुवा–दुवारी–मतिचौर पर्यटन पदमार्ग योजना निर्माणाधिन रहेका छन् । पर्यटनतर्फ हालसम्म १६ योजनाहरुको सम्झौता भइसकेको एकिकृत सेवा कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।
हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

हतियार देखाएर नगद र मोबाइल लुट्ने ४ जना पक्राउ

सूर्यविनायक नगरपालिका–४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार धारिलो हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर...
लागुऔषधसहित २५ जना पक्राउ

लागुऔषधसहित २५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार ललितपुर महानगरपालिका–४ नक्खु दोबाटोबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ चाम्वासबाट एक, सिरहा नगरपालिका–२१ पिपरा टोलबाट दुई, झापाको दमक नगरपालिका–१ मामाचोकस्थित खोटाङ होटलबाट चार र सप्तरीको...