नेभिगेशन
विदेशका कुरा

हर्मुज क्षेत्रमा गैर–शत्रुतापूर्ण देशका जहाजलाई इरानले अवरोध नगर्ने

इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन जारी रहेको जनाएको छ ।

आइतबार इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्धसम्बन्धी अवस्थाका कारण आवश्यक सुरक्षा उपायहरू अपनाइएको उल्लेख गरिएको छ । विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समय संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ । इरानले आफ्नो आत्मरक्षाको अधिकार प्रयोग गर्दै आक्रमणकारीविरुद्ध कदम चालिएको जनाएको छ ।

Ncell
Extreme Energy

यस क्रममा उसले अमेरिकी सैन्य अड्डा तथा संरचनाहरूलाई लक्षित गरी आक्रमण गरेको पनि उल्लेख गरेको छ । विज्ञप्तिअनुसार, आक्रमणमा संलग्न वा समर्थन गर्ने देशका जहाजहरूलाई हर्मुज क्षेत्र पार गर्न रोक लगाइएको छ ।

तर अन्य देशका गैर–शत्रुतापूर्ण जहाजहरूले इरानी निकायसँग समन्वय गरी सुरक्षित रूपमा आवागमन गर्न सक्ने जनाइएको छ, यदि उनीहरूले इरानविरुद्धको गतिविधिमा सहभागिता जनाएका छैनन् भने। इरानले उक्त क्षेत्रमा दीगो शान्ति र स्थायित्व कायम गर्न बाह्य सैन्य आक्रमण अन्त्य हुनु आवश्यक रहेको जोड दिएको छ । साथै, अमेरिका र इजरायलका गतिविधि रोक्नुपर्ने र इरानका वैध हितहरूको सम्मान हुनुपर्ने बताइएको छ ।

यसअघि  इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरानसहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायल र मध्यपूर्वस्थित अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरी प्रतिक्रिया दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षा धाँधली र तीव्र आन्दोलनकाबीच भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल एक्समा एक पत्र सार्वजनिक गर्दै धर्मेन्द्र प्रधानले यो निर्णय आफ्नो व्यक्तिगत प्रतिष्ठाको विषय नभएको उल्लेख गरेका छन्. उनले देशको युवा शक्ति नै राष्ट्रको वास्तविक...
भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय अभियानी सोनम वाङ्चुकले २६ दिनमा तोडे अनसन

भारतीय चर्चित वातावरण तथा शिक्षा अभियानी सोनम वाङ्चुकले २६ दिनदेखि जारी राखेको भोक हड्ताल तोडेका छन् ।
भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा देशव्यापी बन्दैछ विद्यार्थी आन्दोलन

भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरण र व्यापक अनियमितताविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिँदै गएको छ।
इरानी गृहमन्त्री मोमेनी पाकिस्तान आउने

इरानी गृहमन्त्री मोमेनी पाकिस्तान आउने

यो भ्रमण पाकिस्तानले लामो समयदेखि गरिरहेको अमेरिका र इरानबीचको लडाइँ रोक्ने मध्यस्थता प्रयाससँग जोडिएको वार्ता भएको वताए पनि यसबारे मन्त्री मोमेनीले विस्तृत जानकारी दिए ।