नेभिगेशन
समाज

प्रधानमन्त्री बालेनः राजनीतिक पुस्तान्तरणको स्वर्णिम र युगान्तकारी बिहान

आज त्यस्तै दिन हो जो नेपाली राजनीतिको पानीढलो हो। जेनजीहरूको असाधारण उत्सर्ग, बलिदानले नेपालाई नवीन युगमा प्रवेश गराएको दिन हो ।

एक जुगमा एक दिन एक पटक आउँछ ।
उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ !

कवि गोपाल प्रसाद रिमालले त्यतिकै बनेका होइनन्। एक शताब्दीमा त्यस्तो दिन आउँछ, जसले अर्को शताब्दीलाई नवीन सन्देश प्रवाह गर्छ। र, बाटो पनि देखाउँछ। उसो त अंग्रेजीमा चर्चित भनाइ पनि छ– ‘यस्ता दशकहरू हुन्छन् जहाँ केही हुँदैन र यस्ता हप्ताहरू हुन्छन् जहाँ दशकहरू हुन्छन्।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली राजनीतिमा यस्तै भएको छ, जहाँ उलटफेर भएको छ। दशकमा नभएका घटना नयाँ आवरणमा देखिएको छ। र, युगलाई नयाँ चेतना प्रवाह गरेको छ। हो  आज त्यस्तै दिन हो जो नेपाली राजनीतिको पानीढलो हो। जेनजीहरूको असाधारण उत्सर्ग, बलिदानले नेपालाई नवीन युगमा प्रवेश गराएको छ।

Everest cinsult

आज नयाँ युगको मध्याह्न पनि हो। आज नेपाली राजनीतिमा सत्ता पुस्तान्तरण भएको छ। ७४ वर्षको वृद्धलयबाट ३६ वर्षीय युवापुस्तामा सत्ताको बागडोर हस्तान्तरित भएको छ। 
हेर्नुहोस् त,संक्रमणकाललाई कुशलतापूर्वक पार लगाउँदै, मुलुकलाई निर्वाचनको मार्फतबाट लिकमा हिँडाउने सुशीला कार्कीले आफ्नो नाति समानका बालेन शाहलाई सरकार हस्तान्तरण गरेको गर्विलो क्षण। आज हामी सबै नेपालीको मुटु गर्वले ढक्क फुलेको हुनुपर्छ। त्यसैले त हामी भन्छौं–यो राजनीतिक नेतृत्व पुस्तान्तरणको स्वर्णिम र युगान्तकारी बिहान हो।

balen_sushila-karki-1774607871.jpeg
सत्ता हस्तान्तरणपछि पूर्व प्रधानमन्त्री सुशीला कार्की र प्रधानमन्त्री बालेन शाह

केही दशकयता मुलुक सत्ता राजनीतिको चङ्गुलमा थियो। उही अनुहार पालो गरीगरी सत्ताको स्वाद चाखिरहने विद्रुप दृश्यबाट आज मुलुकले पार पाएको दिन पनि हो।
त्यसकारण आज देशले जितेको, नागरिकले जितेको, नागरिकका सपनाले जितेको दिन पनि हो।

राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपाका सभापति रवि लामिछाने, बालेनको यो यात्राका नायक हुन् । 

बालेनले देश बनाउँछ भनेर घोषणा गर्ने रविले बालेनलाई दिएको वचन अनुसार नै देशको बागडोर सुम्पिभएका छन् । 

PM-Balen-Shah-Sapatha_NPL-(15)-1774607833.jpeg
शपथ ग्रहणपछि पार्टी सभापति रवि लामिछानेसँग अंकमाल गर्दै प्रधानमन्त्री बालेन शाह

३६ वर्षीय युवक बालेन शाह देशको ४३ औं प्रधानमन्त्री बनेका छन्। विक्रम संवत् १९०३ सालमा २९ वर्षको उमेरमा जंगबहादुर राणा मुलुकको सातौं प्रधानमन्त्री बनेर कीर्तिमान रचेका थिए । यो त पुरातन नेपालको कुरा भयो। जहानियाँ राणाशासनको कुरा पनि भयो।

तर आधुनिक नेपालमा, प्रजातान्त्रिक इतिहासमा प्रधानमन्त्री बालेन शाहले सबै मानक भत्काएका छन्। र, आफूलाई सर्वजयी नेताका रूपमा स्थापित गरेका छन्।
नेतृत्वका रूपमा बालेन शाहले जुन उचाइ चुमेका छन्, जुन कद आर्जन गरेका छन्, त्यो जो कसैलाई विरलै प्राप्त हुन्छ। यो अवसर शायदै कसैले भेट्टाउँछ पनि। 

२०७८ वैशाखमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुपूर्व उनको परिचय र्यापरमा सीमित थियो। र्याप गीत–संगीतमा रूचि राख्नेबाहेकलाई उनको नाम पनि थाहा थिए।
आज उनी जनमनमा गुञ्जिएका छन्। अन्तरमनको आवाज हुन्छन्।

र्याप गायनको सुरूआत न्युयोर्क सहरको ब्रोन्क्स इलाकाबाट भएको पाइन्छ, सन् १९७० को दशका। ब्रोन्क्सका अफ्रिकी, अमेरिकी, ल्याटिनो र क्यारिबियन आप्रवासी समुदायका युवाहरूको सांगीतिक अभिव्यक्ति शैली परिस्कृत हुँदै र्याप गायनका रूपमा विस्तारित भए।त्यसका पारङ्गत थिए बालेन शाह। 

र्याप गायनले खास गरी सहरी, निम्न–मध्यमवर्गीय, संघर्षरत युवालाई आकर्षित गर्छ। विशेषतः सामाजिक अन्याय, गरिबी, पछौटेपन वा पहिचानको संकटबाट ताडित युवालाई र्याप गायनले आफूतिर खिच्छ।
त्यसरी संघर्षरत युवाले समाजमा रोड मोडल खोजिरहेका हुन्छन्, जसले कठिनाइबाट सफलता आर्जन गरेका हुन्छन्।

विद्रोह, स्वतन्त्रता र चेतनाप्रति गहिरो अभिरूचि जगाउने र्याप गायनको अभिव्यक्तिका कारण बालेन शाह युवामाझ लोकप्रिय बन्दै थिए। तर राजनीतिक रूपमा उनको कुनै परिचय बनिसकेको थिएन।
र, त्यतातिर उनको गहिरो आकर्षण पनि देखिँदैनथ्यो।

तर उनले केही संकेत नगरेका भने होइनन्। उनको मथिङ्गलमा आफ्नो आगामी यात्रा कोरिँदै थियो। त्यसको सपना उनले देखिसकेका थिए।

र त उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा आफूले मतदान नगर्नुको कारण खुलाउँदै फेसबुकमा स्ट्याटस लेखेका थिए। त्यो नै उनको राजनीतिमा पस्न खोजिरहेको पूर्वसंकेत थियो।
‘मैले आज भोट हालिनँ।
म उम्मेदवार थिइनँ।
मैले सिभिल इन्जिनियरिङमा स्नातक (ब्याचलर्स) गरेको छु, र म स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्सको आधा बाटोमा छु।
मलाई देश कसरी बनाउने थाहा छ।
म अर्को पटक भोट हाल्छु, र आफैलाई भोट हाल्छु।
म आफ्नो देश विकास गर्नेछु।
मलाई अरु कसैको भर लाग्दैन!

आफूबाहेक कसैलाई भर गर्न नसक्ने बालेन अहिले लाखौंको भरोसको केन्द्रमा छन्।
उनको र्याप गायन कौशलमा परम्परागत धारको, परिणाम नदिने राजनीतिप्रति गहिरो विमति थियो। समाजमा केही मानिसहरूले भोगिरहेको पीडाको प्रतिध्वनि पनि थियो।
अभाव, बेरोजगारी समस्याले पिल्सिएका आवाजहरू उनीहरूकै लवज, भावभंगिमा र ध्वनिमा बोल्दै युवाको मन–मुटु छोएका, मस्तिष्कमा बेग्लै तरंग पैदा गर्न सफल भएका बालेन शाह अन्ततः देशको बागडोर सम्हाल्ने ठाउँमा आइपुगेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले निकालेको जित कतिपयलाई अप्रत्यासित लाग्यो। तर त्यो अप्रत्यासित थिए, त्यो त सहरी विद्रोहको फिलिङ्गो थियो। युवा पुस्ताले शासनसत्तामा आफ्नो अनुहार खोजिरहेको प्रमाण पनि थियो। जेनजी विद्रोहले त्यसलाई घनिभूत तुल्यायो।

करिब चार वर्षअघि आफैले जगाएको दियालो बोकेर उनी आज सिंहदरबार छिरेका छन्। जसको आलोकमा अब मुलुकको भाग्य र भविष्य बदल्नुपर्नेछ।
झण्डै ४४ महिना काठमाडौं महानगरपालिकामा बिताउँदा उनले विकासका केही अमीट छाप छोडेका छन्। पूर्वाधार विकास, सार्वजनिक जग्गा संरक्षण, सम्बद्र्धनका क्षेत्रमा उनले केही मानक हासिल गरेका छन्।
संघीय सरकारको निरन्तरको असहयोगका बाबजुद उनले आफूलाई प्रयोग गरेर र परिणाममा पुर्याउन पहलकदमी लिए, अहिलेको परिणाममा त्यसको अंश लुकेको छ। महानगरको नेतृत्वमा छँदा जगाएको भरोसबाट नागरिक आश्वस्त पनि छन्।

उनी मेयरमा निर्वाचित हुनुपूर्व काठमाडौं फोहोरको थुप्रोमा थियो। नालानिकासका प्रबन्धमा समस्या थियो। उनले समाधानमा ठोस पहल लिए। काठमाडौंको फोहोरमैला व्यवस्थापनमा केही ठोस कामको सुरूआत हुँदै थियो। फुटपाथको व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षणका लागि एकीकृत कामको थालनी हुँदै थियो। 

तर समयले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याइहाल्यो। अब प्रधानमन्त्रीकै कुर्सीबाट उनले काठमाडौंसँगै देशकै नवीन मुहार कोर्नेछन्। मुलुकको भाग्य फेर्नछन्। जहाँ समन्यायिक विकासको अलग्गै अनुहार भेटिन्छ।
बालेन बहुविधाका मानिस हुन्। पूर्वाधार विकास, सम्पदा संरक्षणमा उनको गहिरो अभिरूचि देखिन्छ। देशका मौलिक, प्राकृतिक, पुरातात्त्विक सम्पदाको जगेर्ना, उत्थान, विकासमा असाधारण लगाब देखिन्छ।

पेशाले उनी सिभिल इन्जिनियर हुन्। संरचनात्मक अनुसन्धानकर्ता हुन्। जसरी लेखकी क्षमतामा उनी तिलस्मी, जादुयी सुनिन्छन्, व्यक्तित्व पनि त्यस्तै छ। कम बोल्ने, परिणाममा विश्वास गर्ने, सार्वजनिक मञ्चमा अन्तरक्रिया गर्न, नागरिकको मन छुन रूचाउने बालेनले छोटो समयमा राजनीतिमा जसरी छलाङ मारे र देशको शासनसत्ताको शीरमा पुगे, चुनौती अवश्य छ।

KRB-KTM-13_U3A3242copy-1774607931.jpg
प्रधानमन्त्री बालेन शाहको पहिलो मन्त्रिपरिषद् बैठक

तर उनी यो चुनौती चिर्ने सामर्थ्य राख्छन्। झण्डै दुई तिहाइको सदनको गणित, पार्टी सभापति रवि लामिछानेको दर्बिलो आड र नागरिककको असाधारण विश्वासले उनलाई परिणाममा पु¥याउन अवश्य मद्दत गर्नेछ।
जसरी उनी रचना र आफ्ना अभिव्यक्तिमा कठोर सुनिन्छन्, तर व्यवहार र नागरिकका पीडामा उनी उत्तिकै नम्रशील पनि छन्।

२०७२ वैशाख र जेठको भूकम्पबाट देश आक्रान्त भइरहँदा नेपालभरि भूकम्पपछिको पुनर्निर्माणमा उनले योगदान गरे। बस्ती निर्माणमा सघाउ पुर्याए।
बालेनले काठमाडौं विश्वविद्यालयबाट अहिले विद्यावारिधि गरिरहेका छन्।

उनले पर्यटन र अर्थतन्त्र प्रवद्र्धनका लागि काठमाडौंका नेवाः संचरनाहरूको संरक्षण विषयमा विद्यावारिधि गरिरहेका हुन्। काठमाडौं महानगरको नेतृत्वमा रहँदा उनले केही प्रयोग पनि गरेका छन्। खासगरी सडकपेटीमा नेवाः कला, संस्कृति, वैभव झल्कने फल्चा निर्माण गरेर, सम्पदा निर्माण, पुनःनिर्माणमा रैथान कला–संस्कृतिको प्रबद्र्धन गरेर आफूलाई प्रमाणित पनि गरेका थिए।

बालेन शाहले भारतको बैंगलोरस्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा एम.टेक गरेका छन्। त्यस्तै उनले पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका हुन्।
काठमाडौं महानगरमा छँदा सहरी सुशासन र नगर विकासको पहल, पूर्वाधार विकास, सम्पदा संरक्षण र सार्वजनिक सेवा प्रवाहको नेतृत्व गरेको आधारमा उनले सुशासनको मानक छाड्न सक्ने अपेक्षा गर्न सकिन्छ।
उनको सिभिल इन्जिनियरिङ तथा निर्माण पुल, सडक र भवनहरूको डिजाइन तथा निर्माणको अनुभवले नेपालको पूर्वाधार निर्माणका क्षेत्रमा केही कोशेढुंगा स्थापित गर्न सक्ने अर्को विश्वास पनि छ।

उनले हालसम्म २६ भन्दा बढी गीतहरू सार्वजनिक गरेका छन्। जसमा मानवीय भावना, आम युवाहरूको संघर्ष, जिजीविषा, जिगीषा, विजीगिषा भेटिन्छ। प्रधानमन्त्रीको शपथको पूर्वसन्ध्यामा उनले सार्वजनिक गरेको जयमहाकाली गीतले त २४ घन्टामा यसअघि हेरिएको गीतको रेकर्ड भत्काएको छ। अहिले उक्त गीतले १२ घन्टामा २० लाखभन्दा बढी भ्युज कमाइसकेको छ।

र्याप संस्कृति, सांगीतिक अभिव्यक्तिमार्फत राजनीतिलाई तिखो प्रश्न गर्ने, युवामा तरंग पैदा गर्ने बालेनको राजनीतिक उडान बागदरबारबाट सिंहदरबारमा सरेको छ। 
सत्ता पुस्तान्तरणको कोशेढुंगा समेत बनेको बालेन उडानले देशको कायाकल्प कसरी हुन्छ, अहिले हामी बाँचिरहेको कल्पकै प्रतीक्षा पनि हो।
आफ्नो योजना, उद्देश्य र नागरिकको भरोसप्रति बालेन इमान्दार बनून्, हाम्रो शुभकामना।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

पदबाट विदा हुनुअघि प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

सम्बोधनमा क्रममा उनले भदौ २७ गते देशको जिम्मेवारी सम्हाल्दा मनमा डर र अनिश्चय भएको खुलाएकी छिन् ।  उनले भनिन्, ‘भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा...
गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले

सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ।
जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक रहेको ओलीको तर्क

जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक रहेको ओलीको तर्क

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा पार्टीका प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सदस्यहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले आयोगको प्रतिवेदन पूर्वाग्रह ढंगले आएको भन्दै स्वीकार्य नभएको स्पष्ट पारेका हुन् । उनले...
बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

बालेनलाई प्रधानमन्त्री हुने गाँठो फुकाएपछि रविले के भने ?

संसदीय दलमा बालेनलाई निर्वाचित गरेपछि रविले बालेनलाई सफल कार्यकालको लागि बालेनलाई बधाई दिए । संसदीय दल र केन्द्रिय समितिको संयुुक्त बैठकलाई सम्बोधन गर्दै सभापति रविले भने, ‘उहाँलाई धेरै...