नेभिगेशन
मुख्य समाचार

अब निजी क्षेत्रले घूस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, थुनिनु पर्दैन: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले काम गराउन घूस खुवाउनु नपर्ने बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिहरुसँगको भेटघाटमा मन्त्री वाग्लेले अब निजी क्षेत्रले घूस खुवाउनुपर्ने र थुनिनुपर्ने अवस्था नआउने बताएका हुन् । उनले भने 'निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईँहरूको सहयात्री हौँ, अब  घुस खुवाउन पर्दैन,लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन ’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री वाग्लेले निजी क्षेत्रको लगानीबाट देशमा बढी भन्दा बढी रोजगारी सृजना हुने भएकाले देश विकासका सवालमा सरकार र निजी क्षेत्र एक जुट भएर हातेमालो गर्दैं अघि बढ्नु पर्ने बताए । अर्थमन्त्री डा. वाग्लेले भने, ‘म घूस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।'

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले आर्थिक बेइमानीमा संलग्नलाई आर्थिक जरिवाना गरिने पनि स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

१५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२...
आज यी प्रदेशमा भारी वर्षा हुने

आज यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।