नेभिगेशन
मुख्य समाचार

कांग्रेसको संस्थापन र इतरपक्ष दुवै समीक्षामा

काठमाडौँ । नेपाली कांग्रेसका दुवै समूह चुनावी समीक्षामा जुटेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित संस्थापन पक्षले सातै प्रदेशमा चुनावी समीक्षा कार्यक्रम तय गरेको छ भने तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले चोधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको भेला गरेर समीक्षा गरिरहेको छ।

खड्का–कोइराला पक्षको आयोजनामा आज सुरु भएको चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको बैठकमा विशेष महाधिवेशन पक्षधरका कारण पार्टीले चुनावमा पराजय भोग्नु परेको प्रारम्भिक निष्कर्ष निकालेको छ । बैठकमा तत्कालीन कार्यबाहक सभापति खड्काले समानुपातिकतर्फ सांसद चयनमा समेत विशेष पक्षले झेल गरेको बताएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इतरपक्षले भेला सुरु गरेकै दिन विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले सातै प्रदेशमा चुनावी समीक्षा बैठकको मिति तय गरेको छ । चैत १० र ११ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयानुसार निर्वाचन समीक्षा कार्यक्रम तय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

Ncell
Extreme Energy

कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग निर्वाचन समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने कांग्रेसले जनाएको छ। समीक्षाका लागि सातै प्रदेशमा संयोजक तोकिएका छन्।

संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेशअन्तर्गत रहेका केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ।

यस्तो समीक्षा बैठकको तालिका 
कोशी प्रदेश– विराटनगर २०८२ चैत २३ गते, संयोजक डा. डिला संग्रौला पन्त
मधेश प्रदेश– जनकपुर २०८२ चैत २५ गते, संयोजक फरमूल्लाह मंसुर
बागमती प्रदेश– हेटौडा २०८३ वैशाख ७ गते, संयोजक बहादुर सिंह लामा
गण्डकी प्रदेश– पोखरा २०८२ चैत २७ गते, संयोजक देवराज चालिसे
लुम्बिनी प्रदेश– दाङ २०८२ चैत २९ गते, संयोजक योगेन्द्र चौधरी
कर्णाली प्रदेश– सुर्खेत २०८३ वैशाख ३ गते, संयोजक कर्णबहादुर बुढा
सुदूरपश्चिम प्रदेश– कैलाली २०८३ वैशाख ५ गते, संयोजक प्रकाश रसाइली स्नेही

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...