नेभिगेशन
मुख्य समाचार

सर्वोच्चको नेतृत्व सपनाको काँधमा

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अवकास पाएपछि बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम  प्रधानन्यायाधीश भएकी छन् । सुशीला कार्कीपछि सर्वोच्चको नेतृत्व सम्हाल्ने सपना पहिलो महिला न्यायाधीश हुन् ।

बहालवाला प्रधानन्यायाधीशले अवकास पाउनुअघि नै नयाँ प्रधानन्यायाधीशको छनोट हुनुपर्ने भए पनि संवैधानिक परिषदमा रहेको रिक्तताका कारण प्रधानन्यायाधीशको नियुक्ति हुन नसकेपछि वरिष्ठतम् न्यायाधीश मल्ललाई कामु प्रधानन्यायाधीश बनाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको संविधानको धारा १२९(९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ ।

Ncell
Extreme Energy

न्यायपरिषदले अघिल्लो महिना नै प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको रोष्टर (सूची) संवैधानिक परिषदमा पठाएको थियो । परिषदले बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा समावेश गरेको थियो ।

पहिलो संविधानसभामा सदस्य रहेकी वरिष्ठ अधिवक्ता मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् ।

प्रधानन्यायाधीशको नियुक्ति कसरी ? 

नेपालको संविधानअनुसार, प्रधानन्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुन्छ र राष्ट्रपतिले नै शपथ गराउँछन् । तर, त्यसअघि थुप्रै प्रक्रिया पूरा भएको हुनुपर्छ ।

सबैभन्दा पहिला, न्यायपरिषदले वरिष्ठतम् ६ न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाउँछ । तीमध्येबाट संवैधानिक परिषदले एक जनालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्छ । त्यसपछि उनको संसदीय सुनुवाइ हुन्छ । संसदीय सुनुवाइ समितिले निर्णय गरेपछि मात्रै राष्ट्रपतिबाट नियुक्ति हुन्छ ।

तर, अहिले तत्कालै प्रधानन्यायाधीश नियुक्तिको सम्भावना भने छैन । एकातिर  संवैधानिक परिषदले पूर्णता पाएको छैन भने अर्कातिर संसदीय सुनुवाइ समिति पनि बनिसकेको छैन ।

संसदको अधिवेशन भोलि सुरु हुँदैछ । अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख चयन गरिनुपर्छ भने त्यसपछि उपसभामुख चयन गरिन्छ । सभामुख र उपसभामुख संवैधानिक परिषद सदस्य रहन्छन् । त्यस्तै, विपक्षी दलको नेता पनि चयन भइसकेको छैन ।

संवैधानिक परिषदले पूर्णता पाएपछि मात्रै न्यायपरिषदले पठाएको रोष्टरमध्येबाट एक जनालाई परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्छ । परिषदको अध्यक्ष प्रधानमन्त्री हुने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...