नेभिगेशन
मुख्य समाचार

संसदको पहिलो बैठक बस्दै, संसद भवन पुग्न थाले सांसदहरु

काठमाडौं । संघीय संसदको अधिवेशन आज सुरु हुँदै छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदनको बैठक बस्दैछ । बैठकमा सहभागी हुन सांसदहरु निर्माणाधीन संसद भवनमा पुग्न थालेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले आज दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने छन् भने आजकै बैठकले सभामुख चयनको कार्यतालिका पारित गर्ने छ । हिजो बसेको सर्वदलीय बैठकले सभामुख चयनका लागि भोलि उम्मेदवारी दर्ता गर्ने र २२ गते चुनाव गर्ने कार्यतालिका तय गरिसकेको छ ।

Ncell
Extreme Energy

आजको बैठकमा राष्ट्रिय मान्यता प्राप्त ६ दलका नेताहरुले सम्बोधन गर्नेछन् । रास्वपाबाट सभापति रवि लामिछाने, कांग्रेसबाट भीष्मराज आङदेम्बे, एमालेबाट रामबहादुर थापा, नेकपाबाट पुष्पकमल दाहाल, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राप्रपाबाट ज्ञानेन्द्र शाहीले सम्बोधन गर्नेछन् ।

आजै गृहमन्त्री सुधन गुरुङले अघिल्लो सरकारले जारी गरेका तीन वटा अध्यादेश सदनमा पेश गर्ने कार्यसूची छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...