नेभिगेशन
मुख्य समाचार

सभामुखमा रास्वपाका डीपी अर्यालको उम्मेदवारी

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी) को उम्मेदवारी दर्ता भएको छ । अर्याल काठमाडौं ९ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा रास्वपाका अर्का उपसभापति स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखमा उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि २ बजेसम्मको समय तोकिएको छ ।

Ncell
Extreme Energy

आजै साढे २ उम्मेदवारको सूची प्रकाशन गरिने छ । सभामुखको निर्वाचन भने आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा हुने छ । यसअघि बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको थियो । अर्याल अघिल्लो संसदमा समानुपातिक सांसद थिए ।

सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना भने देखिँदैन । प्रतिनिधिसभामा रास्वपाको झण्डै दुई तिहाइ बहुमत छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...