नेभिगेशन
सबै कुरा
नारायणगढ–बुटवल सडक :

‘समय निर्धारण गरेर कहिलेसम्म गुणस्तरीय बाटो बन्छ, जनतालाई बताइनुपर्छ’

लामो यात्रा तय गरेर हामी बुटवल आइपुगेका छाैँ। यो तीन दिनमा हाम्रो शरीरमा के के भएको छ ? खुट्टा सुन्निएको छ, कयौं फोकाहरु उठेर फुटेका छन् । यो हामीलाई महसुस भएको छ त्यो पनि जम्मा ३ दिनमा । यो तीन दिनमा हाम्रो शरीरले जे जे दुःख भोग्यो अहिले महसुस भएको छ । बितेको कयाैँ वर्षमा यहाँका जनताले, यात्रुले सडक वरपरका व्यवसायीले के के दुःख र कष्ट भोगे होलान ?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो उनीहरु माथिको अत्याचार हो । राज्यले, यहाँका अन्य सरोकारवाला निकाय र सबै मिलेर गरिखाने जनतामाथि गरेको यो अत्याचार हो । एउटा युगमाथि गरिएको अपराध हो । यो बाटोको यात्रामा हिँड्दै जाँदा हामी आउने थाहा पाएर बिजोग नदेखाउन सडक छेउछाउमा पानी हालेको समेत देखियो । टालोले धुलो छोपेको पनि देखियो । हामीले त भनिरहेका छौँ कि यो सबै जनताका लागि गर । तर, यो बर्बादी एउटा पुस्ता र युगले भोग्नु प¥यो । नारायणगढ बुटवल सडकको दुरावस्था यो देशको बर्बादीको ऐना हो । यो बाटोमा एसी गाडीमा बसेर झण्डा हल्लाउँदै हिँड्ने राजनीतिको हामी बिरोध गर्दछौं । अबको युवाहरु जनतालाई सास्ती दिने राजनीतिको पक्षमा हुनै सक्दैन । 

Extreme Energy
citizen life


हाम्रो यो अभियान हाम्रो राजनीतिक श्री बृद्धिका लागि होइन । हामीले जनताको समस्या बुझ्न जनताको दुःख हेर्न जनता भएर महसुस गर्न आएका हौँ । हामीले अभियानका क्रममा साथीहरुले छिटफुट नारा लगाएकाबाहेक हाम्रो दलको झण्डा र प्रचार केही गरेका छैनौँ । हामी हाम्रो जनाताँंग भिज्न चाहन्छौँ । कसैलाई लाग्न सक्छ यो कुनै राजनीतिक खुड्किलो हो । यदि बाटो बनाएर राजनीति हुन्छ भने रास्वपा बाटो बनाउने राजनीति गरिरहन्छ । सरकार, ठेकदार र निर्माण कम्पनी सबैलाई भन्छौँ कुनै पनि हालतमा समय निर्धारण गरेर कहिलेसम्म गुणस्तरीय बाटो बन्छ भनेर जनतालाई बताइन भने हामी सधैँ बाटोमा धुलो खाएर हिँड्दैनौ हामी धुलो चटाउँछौँ । म फेरि पनि भन्न चाहन्छु जसले सधैँ जनतालाई धुलो खुवाउँछ उसलाई जनताले नै धुलो चटाउँछन् ।


तपा‌ईँहरुले मिसन ८०, ८० भन्नुभएको थियो नि मिसन ८० मध्येको एउटा मिसन ८० यो पनि हो । हामी अहिलेनै काम गरिरहेका छौँ प्रत्येक दिन । ८४ कुरेर ढुकेर धुपबत्ती बालेर बसिरहेको छैन रास्वपा । हाम्रा सांसदहरु  प्रत्येक दिन संसदीय समितिका संसदमा काम गरिरहेका छाँै, फिल्डमा काम गरिरहेका छौँ, हामी प्रतिवेदन, कार्यपत्र बनाउने निति नियम बनाउने तहमा काम गरेका छौँ । तर एसी रुममा मात्रै बस्ने छुट हामीलाई छैन, जनतासँग दुःखमा निस्कीनु पर्छ, हण्डर खानुपर्छ घाममा पोलिनु पर्छ हिलो धुलो मैलो सबै सहनु पर्छ । 

अघिल्लो पुस्ताको चुनौती वेग्लै थियो । उनीहरु गोलाबारीसँग लड्नु परेको थियो, जेल नेल भोग्नु परेको थियो । तर हाम्रो पुस्ताको राजनीति फरक छ । हाम्रो पुस्ताको चुनौती फरक छ । हाम्रो पुस्तालाई धुलोले मार्यो । धुलोबाट मुक्त दिलाउनु पर्यो । र बाटो नबनेको कारण कयौँ व्यवसायीहरु देश छोडेर जान विवश भए । यो दबाबको यात्रा निरन्तरता प्रधान गर्ने छौँ । 

यहाँबाट सुरु भएको दबाब यात्रा, अब निरन्तर  रहनेछ । अबदेखि रास्वापको मिसन ८० मध्येको एउटा कार्यक्रम लामो समयदेखि अवरुद्ध रहेको आयोजनाको निमार्ण आयोजनाहरुलाई समयमै सम्पन्न गराउनका निमित्त दबाब सिर्जन गर्ने छ । 


खबरदार आफू एसीवाला गाडीमा बसेर, घरमा  बसेर, सरकारी अड्डामा बसेर, घरमा बसेर जनतालाई एक युगसम्म अध्यारोमा, हिलो, धुलोमा राख्ने युग अन्त्य नभएसम्म रास्वपा निरन्तर लडिरहने छ । 

हामी निर्माण कम्पनीसँग लक्षित छैनौँ, हामी सरकारसँग मात्र लक्षित छैनाँै, ठेकेदारसँग मात्र लक्षित छैनाँै । समग्रमा यो बाटो बनाउन कसले रोक्यो ति सबै जना एउटै टेबलमा बसेर एकै दिनमा बताउनु पर्यो, अड्किएको बादा फुकाउनु पर्यो । र यो बाटोलाई सम्पन्न गर्नुपर्यो । एकअर्कालाई आरोप प्रत्यारोपले नेपाली जनताले वर्षौँ दुःख पाए । त्यसको अन्त्यका लागि हामीले यो पहल सुरु गरेका हौँ । मलाई विश्वास छ सबै निकाय एकअर्कालाई आरोप लगाएर बस्नुहुने छैन । 

निमार्ण कम्पनीले पनि हामीलाई चासो देखाएको थियो । तर हामीले ठेकेदारसँग पनि लक्षित छैनौँ । हामीले दुई देशको सम्बन्धनै फरक  पार्नेगरि यो अभियान गरिहएको होइन । हाम्रो अभियानको लक्ष्य नेपाली जनता हुन् । जसले दुख पाए तिनको दुख हरण गर्नुपर्यो भन्ने कुरामा हामी लक्षित भएका हौँ । 

 यात्रामा माया हौशला साथ दिनेहरु सबैलाई धन्यवाद ! 

हामी आउँदै गर्दा हल्ला भएर केही मानिसहरु फ्याट्ट फुट्ट काम गरेको देखिएपनि ११३ किलोमिटरको यात्रामा एउटा घर बनाउन चाहिने मान्छे जत्तिले पनि काम गरिरहेका थिएनन् । केही मान्छेले मात्रै काम गरेको देखियो । यति ठुलो जनसंख्याको लाइफलाइन, यति ठुलो गौरवको आयोजना बनाउन पनि मानिसहरु तल्लीन थिएनन्, केही मान्छे हामीलाई देखाउन आज मात्रै ल्याइएको पनि थियो ।  जसले यो गल्ती गरेको हो त्यसले सोचोस्, सच्चियोस् । यादव रहोस्, रास्वपा सँधै टुलटुलु हेरेर धुलो मात्रै खाँदैन, अझै बाटो नबनाउने हो भने सडक नबनाएर धुलो खुवाउनेहरुलाई धुलो चटाउँछ पनि ।


कानुनको अस्पष्टतालाई चिर्ने काम हाम्रो हो । हामी त्यसतर्फ नि केन्द्रित हुनेछौँ । भौतिक निर्माणसँग सम्बन्धित संसदीय समितिमा रहनुभएकी हाम्री सांसद निशा डाँगीपनि हामीसँग हुनुहुन्छ । उहाँले पनि पीडा महसुस गर्नुभएको छ । उहाँले पनि कुरा उठाउनुहुनेछ । चाहे वन होस, चाहे विद्युत, चाहे दुरसंचार, ति अस्पष्टता फुकाउन त लाग्नेनै छौँ । त्यो भन्दा पहिले ठेकेदार साथीहरुले पैसा पाउनुभएको छैन । पैसा नपाएपछि उनीहरुले काम गरेका छैनन् । तर सम्पूर्ण गाली ठेकेदारहरुलाई गरिएको छ । यो गलत हो । उहाँहरुले काम गरेपछि पैसा पाउनुपर्ने हुन्छ । सरकारले ति निर्माण व्यवसायीले के कारणले पैसा पाएका छैनन्, त्यो प्रधानमन्त्रीले लामो भाषण गर्नुपरेन । हिजो मैले सुन्न त पाइँन । यो गर्छु, उ गर्छु भन्नु भएको छ रे । त्यति गर्नै परेन । एउटा चेक काटेर खाममा हालिदिए भइहाल्यो । निर्माण व्यवसायीले चेक पाएभने र सरकारले अनुगमन गर्यो भने यो बाटो बन्न सक्छ । पहिलो कानुन त त्यो हो, त्यो गर्नुपर्छ । त्यसपछि हामी सबै संसदीय समितिलाई एकैठाउँ बोलाएर कानुलाई संसोधन गर्न परे संसोधन, परिमार्जन गर्न परे परिमार्जन जे गर्नुपरे पनि रास्वपाले, रास्वपाका सांसदले गर्नेछन्, गरिसक्नुभएको छ ।

नारायणगढ–बुटवल सडकमा तीनदिने दबाबपूर्ण पैदल यात्रा सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यक्त गरेको विचारको सम्पादित अंश । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धनगढीका मेयर हमालद्वारा आफ्नो तलबभत्ताको ४४ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च

धनगढीका मेयर हमालद्वारा आफ्नो तलबभत्ताको ४४ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च

उनले सार्वजनिक शिक्षा सुधार, विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षामा पहुँच विस्तार, गौ संरक्षण तथा विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आएका छन् । आर्थिक वर्ष २०७८/७९ मा सेवा...
सरकारले जातीय विभेदसम्बन्धी गुनासो सुनुवाईका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने

सरकारले जातीय विभेदसम्बन्धी गुनासो सुनुवाईका लागि 'फास्ट ट्रयाक डेस्क' सञ्चालन गर्ने

हाल माइतीघरमा दलित समुदायले कोठा भाडामा नदिएको घटनाको विरोधमा धर्ना जारी राखेका छन् । उनीहरूले दोषीमाथि कडा कारबाही र विभेद अन्त्यका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका...
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...