नेभिगेशन
मुख्य समाचार

सभामुख फेरिएसँगै फेरियो कुर्सी

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) ले आजदेखि बैठकको अध्यक्षता गरेका छन् । केहीबेरअघि सुरु भएको प्रतिनिधिसभाको बैठक अर्यालले सञ्चालन गरिरहेका छन् ।

यसअघि बसेका प्रतिनिधिसभा दुईवटा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केसीको ठाउँमा बैठकको अध्यक्षता गर्न अब निर्वाचित सभामुख अर्याल आए । सभामुखको आसनमा व्यक्ति फेरिए । परिवर्तन यत्तिमात्रै होइन, आजको बैठकमा अरु केही परिवर्तन पनि देखिए ।

Ncell
Extreme Energy

मुख्य परिवर्तन त नयाँ प्रतिनिधिसभाले सभामुख पायो ।

दोस्रो परिवर्तन हो– सभामुखको आसन अर्थात कुर्सी ।

ARJUN-KC-1775461220.jpg
बैठक कक्षमा सांसदहरु जस्तो कुर्सीमा बसिरहेका छन्, सभामुख अर्याल पनि त्यस्तै कुर्सीमा बसेर बैठक सञ्चालन गरिरहेका छन् ।
यसअघि सभामुखका लागि विशेष अर्थात अरुभन्दा फरक कुर्सी राखिन्थ्यो । तर, त्यो फरक कुर्सी नवनिर्वाचित सभामुख अर्याललाई मन परेन ।

आइतबार पदभार ग्रहण गरेलगत्तै सभामुख अर्यालले सचिवालयका कर्मचारीलाई निर्देशन दिए– सभामुखलाई पनि सांसदहरुको जस्तै कुर्सीको व्यवस्थापन गरौं । सचिवालयका कर्मचारीले पनि सोही अनुसार सभामुखका लागि नयाँ कुर्सी व्यवस्थापन गरिदिए । नयाँ कुर्सीमा बसेर नयाँ सभामुखले बैठक सञ्चालन गरे ।

DP-ARYAL-SABHAMUKH-1775461310.jpg
 

अब अर्याल सभामुख हुँदासम्म बैठककक्षमा सांसदहरु जस्तो कुर्सीमा बस्छन्, उनी पनि उस्तै कुर्सीमा बस्नेछन् ।

सभामुखको निजी सचिवालयका अनुसार, सभामुखको चाहनाका आधारमा कुर्सी परिवर्तन गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो ।
गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका लागि पुगेका ऊर्जा मन्त्रीले के भने ?

उनले पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनःस्थापना र आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै नयाँ आयोजनाको आवश्यकता र सम्भाव्यताको समेत वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० ले बढेको हो । असली चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ...