नेभिगेशन
मुख्य समाचार

सभामुख फेरिएसँगै फेरियो कुर्सी

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) ले आजदेखि बैठकको अध्यक्षता गरेका छन् । केहीबेरअघि सुरु भएको प्रतिनिधिसभाको बैठक अर्यालले सञ्चालन गरिरहेका छन् ।

यसअघि बसेका प्रतिनिधिसभा दुईवटा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केसीको ठाउँमा बैठकको अध्यक्षता गर्न अब निर्वाचित सभामुख अर्याल आए । सभामुखको आसनमा व्यक्ति फेरिए । परिवर्तन यत्तिमात्रै होइन, आजको बैठकमा अरु केही परिवर्तन पनि देखिए ।

Ncell
Extreme Energy

मुख्य परिवर्तन त नयाँ प्रतिनिधिसभाले सभामुख पायो ।

दोस्रो परिवर्तन हो– सभामुखको आसन अर्थात कुर्सी ।

ARJUN-KC-1775461220.jpg
बैठक कक्षमा सांसदहरु जस्तो कुर्सीमा बसिरहेका छन्, सभामुख अर्याल पनि त्यस्तै कुर्सीमा बसेर बैठक सञ्चालन गरिरहेका छन् ।
यसअघि सभामुखका लागि विशेष अर्थात अरुभन्दा फरक कुर्सी राखिन्थ्यो । तर, त्यो फरक कुर्सी नवनिर्वाचित सभामुख अर्याललाई मन परेन ।

आइतबार पदभार ग्रहण गरेलगत्तै सभामुख अर्यालले सचिवालयका कर्मचारीलाई निर्देशन दिए– सभामुखलाई पनि सांसदहरुको जस्तै कुर्सीको व्यवस्थापन गरौं । सचिवालयका कर्मचारीले पनि सोही अनुसार सभामुखका लागि नयाँ कुर्सी व्यवस्थापन गरिदिए । नयाँ कुर्सीमा बसेर नयाँ सभामुखले बैठक सञ्चालन गरे ।

DP-ARYAL-SABHAMUKH-1775461310.jpg
 

अब अर्याल सभामुख हुँदासम्म बैठककक्षमा सांसदहरु जस्तो कुर्सीमा बस्छन्, उनी पनि उस्तै कुर्सीमा बस्नेछन् ।

सभामुखको निजी सचिवालयका अनुसार, सभामुखको चाहनाका आधारमा कुर्सी परिवर्तन गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै