नेभिगेशन
पूर्वाधार

‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने

काठमाडौँ । नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरुले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्नसक्ने व्यवस्था गरेको छ ।

प्याकेजमा आधारित विभिन्न सुविधा लिएका ग्राहकले प्याकेज समाप्ति पछि पनि सेवा निरन्तरता हुने वा सेवा बन्द हुने भन्नेसम्बन्धी छनोट गर्ने अवस्थालाई ‘पे–जी’ सुविधा भनिन्छ । अबदेखि ग्राहकले आफ्नो चाहनाअनुसार सो सुविधा सक्रिय वा निष्क्रिय पार्न सक्ने टेलिकमले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसका लागि ग्राहकले आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्नेछ । त्यसपछि ४ अङ्क छनोट गरे पछि यो सुविधा सक्रिय, निष्क्रिय गर्न र यसको अवस्था थाहा पाउन क्रमशः १, २ र ३ डायल गर्नुपर्नेछ । प्याकेज खरिद गरेका ग्राहकले ‘पे–जी’ सुविधा निष्क्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि मुख्य ब्यालेन्सबाट डेटा चल्ने छैन ।

Ncell
Extreme Energy

पे–जी सुविधा सक्रिय गराएको अवस्थामा प्याकेज सकिए पछि पनि डेटा सेवा निरन्तर चल्नेछ । प्याकेज नलिई डेटा चलाउन आवश्यक भएका ग्राहकहरुले भने यो सुविधा सधैँ सक्रिय राख्नुपर्नेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाको बुँदा नम्बर ४ मा समेत सो सुविधा ‘निष्क्रिय गर्ने विकल्प दिइने’ भन्ने उल्लेख छ ।

मन्त्रालयको निर्देशनअनुसार पनि कम्पनीले उक्त सुविधा निष्क्रिय गर्ने विकल्प उपलब्ध गराइएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए। आगामी दिनमा नेपाल टेलिकम ‘एप’बाट यो सेवा सक्रिया वा निष्क्रिय गर्न सकिने विकल्प क्रमशः उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रिपेड तथा पोष्टपेड ग्राहकले ‘डेटा प्याकेज’ लिएको अवस्थामा अब ९० प्रतिशत खपत भएपश्चात् एसएमएसबाट जानकारी पाउनेछन् । यसअघि ‘डेटा भोल्युम’ ८० प्रतिशत खपत भएको अवस्थामा, डेटा भोल्युम समाप्त भएपश्चात् वा डेटा प्याकेजको समयावधि समाप्त भएपश्चात् ग्राहकहरुलाई जानकारी दिन एसएमएस पठाउने सुविधा थियो ।

यसअघि डेटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भएपश्चात् ग्राहकहरुले डेटा सेवाको प्रयोग निरन्तर राखेमा ‘मेन ब्यालेन्स’बाट डेटा चल्ने र चलेको भोल्युमअनुसार शुल्क काटिने व्यवस्था थियो । टेलिकमले प्रिपेड तथा पोस्टपेड ग्राहकको मागबमोजिम विभिन्न प्रकारका डेटा प्याकेज उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।