नेभिगेशन
मुख्य समाचार

२५ वर्षकी रुविलाई उपसभामुखको आसन

काठमाडौँ । नेपालको प्रतिनिधिसभाले हालसम्मकै कान्छी उपसभामुख पाउँदै छ र उपसभामुखको आसनमा बस्दैछिन्– धनुषाकी २५ वर्षीया रुविकुमारी ठाकुर ।

सांसद बन्नु अघिसम्म उनी धनुषामै सामान्य रोजगारीमा थिइन् र समाजसेवामा सक्रिय थिइन् । उनका लागि सांसद बन्नु नै ‘सरप्राइज’ थियो । श्रम संस्कृति पार्टीले उनलाई समानुपातिक तर्फबाट सांसद चुन्यो । पार्टीले अहिले उनलाई उपसभामुखको उम्मेदवार निर्णय गर्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम संस्कृति पार्टीले मात्रै निर्णय गरेर उनका लागि उपसभामुखको आसन तयार हुँदैनथ्यो । संसदमा झण्डै दुई तिहाइ बहुमत प्राप्त सत्तारुढ दल रास्वपाले पनि उनै रुविलाई समर्थन गर्ने निर्णय गर्यो, रास्वपाकै सांसद समर्थक बसिदिए ।

Ncell
Extreme Energy

रास्वपाले नै समर्थन गर्ने भएपछि रुविकुमारी उपसभामुख बन्ने निश्चित भएको छ । आज मनोनयन दर्ता भयो । भोलि बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका उम्मेदवारीलाई निर्णयार्थ पेस गरिने छ । रास्वपाले नै समर्थन गरेपछि रुवि भोलिदेखि औपचारिक रुपमा उपसभामुख बन्ने छिन् ।

अहिले परिवर्तनको बल नै जेनजी आन्दोलन हो । जेनजी आन्दोलनकै कारण चुनाव भयो, रास्वपा सरकार बन्यो । पहिले सडक आन्दोलन गरेका जेनजी पुस्ताका नवयुवा संसदमा पुगे । त्यही पुस्ताकी एक सदस्य हुन्– रुवि । अब उनै रुवि उपसभामुख बन्दैछिन् ।

धनुषाको सामान्य परिवारकी छोरी रुविलाई राजनीतिमा तानेको जेनजी आन्दोलनले नै हो । पहिले आन्दोलनले तानेर राजनीतिमा ल्यायो, राजनीतिले उपसभामुखमा पुर्यायो ।

रास्वपाले जेनजी आन्दोलनको अपनत्व लियो । जेनजी आन्दोलनपछि नै खुलेको दल हो– श्रम संस्कृति पार्टी । यसको अर्थ यी दुवै दल परिवर्तनका सारथि हुन् । सभामुखमा रास्वपा नेता डीपी अर्याल सर्वसम्मत चुनिए, उपसभामुखमा चुनिँदैछिन्– श्रम संस्कृतिकी रुवि ।

म सक्छु– रुवि

रास्वपाले नै समर्थन गरेपछि रुवि अब उपसभामुख बन्नेछिन् । यति कम उमेरकी युवा उपसभामुख बन्ने निश्चित भएपछि सञ्चारकर्मीहरुले सोधिहाले– तपाईंले उपसभामुखको जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ ? 
उनले जवाफ दिइहालिन्– म सक्छु ।

उनले थपिन् ‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु,।’

सभामुखमा निर्विरोध निर्वाचित भएर रास्वपा नेता डीपी अर्यालले इतिहास रचेका छन् । कम उमेरमै उपसभामुख बनेर श्रम संस्कृतिकी रुविले पनि इतिहास रेचकी छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...