नेभिगेशन
क्रिकेट

क्रिकेटर करण केसीलाई कारबाही

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई कारबाही गरेको छ ।

क्रिकेटर केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको विषयलाई लिएर क्यानले केसीलाई कारबाही गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कारबाही स्वरुप क्यानले करणलाई जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाएको छ भने शतप्रतिशत म्याच शुल्क जरिवाना गरेको छ ।

Ncell
Extreme Energy

क्यानले आज विज्ञप्ति जारी गरी भनेको छ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरू सञ्चालन भइरहेका क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ। उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ।’

दुई दिनअघिको एक खेलमा अर्का क्रिकेटर सन्दीप लामिछानेले अम्पायरहरुसँग गरेको छलफलको विषयलाई लिएर क्रिकेटर करणले सामाजिक सञ्जालमा अम्पायरप्रति व्यंग्य गर्दै पोस्ट गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्।

भर्खरै