नेभिगेशन
पूर्वाधार

सरकारी अस्पतालहरुमा डिजिटल रिपोर्ट निकाल्ने व्यवस्था गर्दैछौंः मन्त्री मेहता

काठमाडौँ । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरुमा छिटै डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गरिने बताएकी छन् ।

आइतबार काठमाडौंको बीर अस्पतालको अनुगमनका क्रममा बिरामी र बिरामीका आफन्तहरुको गुनासो सुन्दै मन्त्री मेहतले उपचार गर्न आउने आफैले डिजिटल रुपमा नै रिपोर्ट निकाल्ने व्यवस्था गर्न लागिएको बताएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अस्पतालमा उपचार गर्न आएकाले स्वास्थ्य परिक्षणको रिपोर्ट आउन ढिलाई हुँदा समस्यामा पर्ने गरेको गुनासो गरेका थिए । अस्पताल प्रशासनले भने दैनिक ५ हजारको संख्यामा विरामीले बहिरंग सेवा लिने गरेकाले रिपोर्ट आउन ढिलाई भएको जनाएको छ ।

Ncell
Extreme Energy

मन्त्री मेहताले स्वास्थ्य परिक्षणको रिपोर्ट लिन अव अस्पताल आउन नपर्ने गरि छिटै व्यवस्था गरिने उल्लेख गरिन । साथै उनले अस्पतालमा उपचार गर्न आउनेलाई बाहिर औषधी किन्नुपर्ने अवस्था आउन नदिन अस्पताल प्रशासनको ध्यानाकर्षण समेत गराएकी थिइन्।

अस्पतालको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारको योजनाहरु छिटै सार्वजनिक गरिने जानकारी दिएकी थिइन्। सरकारको निर्देशनपछि सार्वजनिक विदाको दिन आइतबार पनि अस्पतालहरुमा बहिरंग सेवा सञ्चालन गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।