नेभिगेशन
पूर्वाधार

बुटवल उपमहानगरपालिकाद्वारा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ ।  उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वेच्छिक रूपमा फुटपाथ खाली गर्न आग्रह गरेको हो ।

फुटपाथ खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि उपमहानगरपालिकाले डोजर चलाएर फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो । अभियान अन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिकचोक क्षेत्रमा रहेका फुटपाथ अतिक्रमण हटाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री जफत गरिएको उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख खेलराज पाण्डेएका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित शहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो ।

Ncell
Extreme Energy

फुटपाथ खाली गरिएसंगै पैदलयात्रीलाई सहज आवागमनको सुविधा पुगेको छ भने सवारी चाप व्यवस्थापनमा समेत सहयोग पुगेको छ । यसले दुर्घटना न्यूनीकरण, ट्राफिक जाम नियन्त्रण र सार्वजनिक स्थानको प्रभावकारी उपयोगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

साथै, शहरको सौन्दर्य वृद्धि भई पर्यटक आकर्षण बढ्ने र दीर्घकालमा व्यवस्थित व्यापारिक वातावरण निर्माण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ । तर फुटपाथ व्यवसायीहरुले भने बैकल्पिक स्थान दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
भोटेकोशी बाढीको महाविपद्को एक महिना : खोज, उद्धार र राहत जारी, पुनर्निर्माणमा ठूलो चुनौती

भोटेकोशी बाढीको महाविपद्को एक महिना : खोज, उद्धार र राहत जारी, पुनर्निर्माणमा ठूलो चुनौती

रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। भदौ १० गते बिहान आएको उक्त बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...