नेभिगेशन
पूर्वाधार

सञ्चारमन्त्री र एडिबी नेपाल निर्देशकबीच भेटवार्ताः ‘डिजिटल’ रूपान्तरणमा सहकार्यबारे छलफल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना र एसियाली विकास बैङ्क (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल सरकार र एडिबीबीच ‘डिजिटल’ रूपान्तरणका क्षेत्रमा सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो भेटवार्ताका क्रममा विशेषगरी ‘नेपालः डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरणका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

Ncell
Extreme Energy

एडिबीका नेपाल निर्देशक कोस्वाले परियोजनाको सफल कार्यान्वयनका लागि सरकारी निकायबीच समन्वय, नीतिगत स्पष्टता र प्रक्रियागत सरलता अपरिहार्य रहेको उल्लेख गर्दै सरकारसँग थप सक्रिय सहकार्यको अपेक्षा व्यक्त गरे। उनले एडिबीको प्राथमिकतामा निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रहरू रहेका स्पष्ट पारेका थिए।

डिजिटल अर्थतन्त्र विस्तार गर्न नेपालले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण तयार गर्नुपर्नेमा कोस्वाले जोड दिए। नेपालमा प्रविधिमा आधारित उद्योगहरूको विकासले आर्थिक वृद्धिमा मात्र नभई युवाहरूलाई रोजगारी सिर्जनामा पनि ठूलो योगदान पुर्‍याउन सक्ने उनले धारणा व्यक्त गरे।

कोस्वाले नेपालका सम्भावनायुक्त क्षेत्रहरूको चर्चा गर्दै कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई डिजिटल रूपान्तरणसँग जोड्न सके उल्लेखनीय लाभ लिन सकिने उल्लेख गरेका थिए। उनले विशेष रूपमा साइबर सुरक्षा, डाटा सुरक्षा, क्लाउड नीति तथा कृत्रिम बौद्धिकता (एआई) लाई नेपालको डिजिटल भविष्यका प्रमुख आधारस्तम्भका रूपमा चित्रण गर्दै यी क्षेत्रमा समयमै लगानी र स्पष्ट नीतिनिर्माण नगरे नेपाल डिजिटल प्रतिस्पर्धामा पछि पर्न सक्ने सङ्केत गरेका थिए।

उक्त भेटवार्ताका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले एडिबीले नेपाललाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले विकास आयोजनाहरूलाई छिटो, प्रभावकारी र नतिजामुखी रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए। उनले विगतमा सूचना प्रविधि पूर्वाधार विकासमा देखिएका समस्याहरूलाई स्वीकार्दै अब सरकारले विगतभन्दा फरक ढङ्गले काम गर्ने स्पष्ट पारेका थिए।

पूर्वाधार निर्माण र नागरिक सेवा प्रवाह सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विगतका सरकारको भन्दा अहिले कामको गति बढ्न थालेको र नतिजा देखिन थालेको बताए। डिजिटल पूर्वाधार विकासलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सरकार यस क्षेत्रमा ठोस सुधार र लगानी गर्न प्रतिबद्ध रहेको बताए । साथै यसमा एडिबीको निरन्तर सहकार्य रहने अपेक्षा उनले व्यक्त गरे ।

सञ्चारमन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तारका रूपमा मात्र नभई समग्र शासन प्रणाली सुधार, सेवा प्रवाहको सहजता र पारदर्शिता अभिवृद्धिको माध्यमका रूपमा लिइने पनि स्पष्ट पारेका छन् । यसका लागि सरकारी सेवा डिजिटल माध्यमबाट प्रभावकारी रूपमा उपलब्ध गराउने लक्ष्यका साथ नीति सुधार, पूर्वाधार विस्तार र जनशक्ति विकासमा सरकार केन्द्रित हुने उनको भनाइ छ ।

नेपालमा लगानीयोग्य वातावरण निर्माणमा सरकार प्रतिबद्ध भएर लागेको पनि सञ्चारमन्त्री तिमिल्सिनाले उल्लेख गरेका छन्। भेटवार्तामा मन्त्रालयका उच्च पदाधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा एडिबीका अन्य अधिकारीहरूको पनि सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै