नेभिगेशन
मुख्य समाचार

अर्थमन्त्री वाग्ले र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता, अमेरिकी लगानीकर्तालाई लगानीका लागि आग्रह

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आर्थिक सुधार र लगानीको वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै अमेरिकी लगानीकर्ताहरुबाट पनि सरकारले लगानीको अपेक्षा गरेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरसँग आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले पुराना अनावश्यक कानुनहरूको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा मन्त्री वाग्लेले अमेरिकी लगानीकर्ता तथा गैर आवासीय नेपाली लगानीकर्ताहरूबाट विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेकोसमेत बताए । त्यस्तै,  अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको समेत उल्लेख गरे ।

Ncell
Extreme Energy

जवाफमा अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मकरूपमा नजिकबाट हेरिरहेकोसमेत उनले बताए । अमेरिकी सहायक विदेशमन्त्री कपुरले दुई देशका बीचमा सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तर्राष्ट्रिय विकास तथा वित्तीय संस्थाहरुसँगको साझेदारीमा दुवै देशले लाभ लिन सक्ने पनि बताएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भेटमा वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

सो भेटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि  अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बम लगायतका अधिकारीहरुको उपस्थिति थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरलाई सरकारी र निजी मेडिकल कलेजका आधारमा विभेद गर्न नहुने बताएकी छन् ।
नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा ५५ ब्राण्डका ४० भन्दा बढी मोडल नयाँ सवारी साधन राखिएको छ । एक्स्पोमा चार पांग्रेसँगै दुई पांग्रे सवारीसाधन पनि छन् ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।