नेभिगेशन
पूर्वाधार

ठुला आयोजनाका अवरोधहरू फेरिन्छन्, ती व्यक्ति हुन् कि कानुन: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको संयोजकत्वमा लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठक सम्पन्न भएको छ । बैठकमा अर्थमन्त्री डा.वाग्लेले लगानी स्वीकृत भएका अधिकांश आयोजना निर्माण नभएकोमा चिन्ता व्यक्त गरेका छन् । 

विदेशी लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माण सुरु हुनु भनेको लाजको विषय भएको बताउँदै अर्थमन्त्री वाग्लेले निर्मम समीक्षा गरिने बताए । 
अर्थमन्त्री वाग्लेले आयोजना निर्माणमा नहुनुमा दोषी देखिने सबै फेर्ने बताए । उनले भने, परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी जो देखिए पनि फेर्नु पर्छ, फेरिन्छ, चाहे  त्यो व्यक्ति  होस् वा कानुन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय नै निरीह देखिनुले गलत सन्देश गएको भन्दै अर्थमन्त्री वाग्लेले १४ औँ बैठकमा समस्याको समाधान सहित प्रगतीको रिपोर्ट समेत तयार गर्न बोर्ड सदस्यहरूलाई निर्देशन दिए । 

Ncell
Extreme Energy

अर्थमन्त्री वाग्लेले कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने तथा केही फेन्सी आयोजनाका बारेमा सोच्नु पर्ने बताए । 
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले लगानी बोर्ड र आयोजनाका बारेमा जानकारी गराएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै