नेभिगेशन
सबै कुरा

कार्यान्वयनमा आयो एमसीसी अन्तर्गतको ‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम

१३ भदौ, काठमाडौ । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्ट्री फोर्स– इआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरे । 

Ncell
Extreme Energy

एआईएफसम्बन्धी पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डा महतले एमसिए–नेपाल अन्तरर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाईन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘आजबाट हामीले एमसीसी कार्यान्वयन सुरुआत गरेका छौंँ । यो कोशेढुङ्गासम्ममा आइपुग्न धेरै उतावचढाव भोग्नु परेको थियो ।’

अर्थमन्त्री डा महतले भन्छन्, ‘नेपालले पूर्वाधारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको छ । एमसीए नेपाल अन्तरगतका सडक आयोजनाले नागरिकलाई उत्पादनमा जोड्न र उद्यम व्यवसायका लागि सहजता दिनेछ । अर्कोतर्फ नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेकाले प्रसारणलाइनले नेपालभित्रको प्रसारण प्रणाली सहज बनाउने मात्र नभइ भारतसँगको अन्तरदेशीय विद्युत व्यापारका लागि पनि महत्वपूर्ण रहेको छ ।’

नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले दुई देशबीच ७५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्धबारे स्मरण गर्नुहुँदै एमसिसी नेपाल कम्प्याक्टले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्ने विश्वास व्यक्त गर्नुभयो । एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा इआईएफ एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।