नेभिगेशन
मुख्य समाचार

मन्त्रिपरिषद्को निर्णय: प्रहरीको जग्गा प्रहरीलाई नै

काठमाडौँ । सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।

यसअघि २०७५ भदौ १ गते तत्कालीन मन्त्रिपरिषदले प्रहरी प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । आजको बैठकले उक्त निर्णय उल्ट्याएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी आजकै बैठकले इन्टरग्रेटेड वाटर सप्लाइ तथा सेवरेज म्यानेजमेन्ट प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

Ncell
Extreme Energy

मन्त्री पोखरेलका अनुसार, सरकारी निकायमा भएका सफ्टवेयर  तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ ।

सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बसेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभाकाे बैठक बसिरहेको छ ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आज मंगलबार दिउँसो ३ बजेका लागि बोलाएका छन् ।