नेभिगेशन
समाज

सडक निर्माणमा लापरबाही गर्ने ठेकेदारसँगको सम्झौता रद्द, कालोसूचीमा राख्न सिफारिस

बारा । बाराको मानमत–कलैया–मटिअर्वा सडकखण्ड निर्माणमा चरम लापरबाही भएको भन्दै हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय, वीरगंजले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

ठेक्का नं. अन्तर्गत बाँकी रहेको उक्त सडक स्तरोन्नति कार्यका लागि जिम्मा पाएको सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जे.भी., काठमाडौँलाई पटक–पटक म्याद थप गर्दापनि तोकिएको समयमा काम सम्पन्न नगरेपछि सम्झौता अन्त्य गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्देशनालयका अनुसार निर्माण कम्पनीले लामो समयसम्म सडक अधुरो छाड्दा सडक धुलाम्य तथा हिलाम्य बनेको थियो । यसले सवारी दुर्घटनाको जोखिम बढाउनुका साथै स्थानीयवासीको जनजीवन कष्टकर र जोखिमपूर्ण बनाएको थियो ।

Ncell
Extreme Energy

कार्यालयले पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा समेत कम्पनीले काममा चासो नदेखाएपछि २०८२ असोज ३१ गते १५ दिने अन्तिम स्पष्टीकरण सूचना जारी गरेको थियो । कम्पनीले त्यसपछि पनि सन्तोषजनक प्रगति नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

यसका साथै, कार्यालयले निर्माण कम्पनीको कार्यसम्पादन जमानत रकम जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने अतिरिक्त खर्च बाँकी सरह असुलउपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

कार्यालयले हालसम्म सम्पन्न कामको नापजाँच, मूल्यांकन तथा वित्तीय फरफारखका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा उपस्थित हुन कम्पनीलाई अन्तिम अवसर दिएको छ । तोकिएको समयभित्र उपस्थित नभए एकतर्फी रूपमा नापजाँच प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।