नेभिगेशन
क्रिकेट

टीयू क्रिकेट रंगशाला भत्काउने होइन, लिज नवीकरण गर्नेः शिक्षामन्त्री

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशाला भत्काउने नभई लिज नवीकरण गरिने स्पष्ट पारेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले टीयूस्थित क्रिकेट रंगशाला भत्काउने कुरा निराधार रहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री पोखरेलले आजै आफूले त्रिविका उपकुलपतिसहितका पदाधिकारीहरुसँग बैठक गरेको जानकारी दिँदै लिज सम्झौता सकिएको र फेरि अर्को सम्झौता गर्ने स्पष्ट पारे ।

Ncell
Extreme Energy

पत्रकारहरुसँग कुरा गर्दै उनले भने– ‘आज बिहान त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग मेरो बैठक थियो । रेक्टर, रजिष्ट्रार पनि हुनुहुन्थ्यो । बसेर सकारात्मक कुरा भएको छ । खाली गराउने त्यस्तो उद्देश्य होइन । लिज सकिएको हुनाले लिज अग्रिमेन्ट फेरि गर्नुपर्ने छ, सकारात्मक कुरा भएको छ ।  फेरि नयाँ खालको लिज अग्रिमेन्टसहित आउँछ, त्यसमा कुनै पनि समस्या छैन । राज्यको यति धेरै लगानी भएको छ, दुवै राज्यकै निकायहरु हुन्, भत्किने कुरा हुँदैन । सकिएको लिजलाई फेरि अग्रिमेन्ट चाहीँ गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिइरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्।

भर्खरै