नेभिगेशन
मुख्य समाचार

समकालीन विश्व तथा क्षेत्रीय सुरक्षा चुनौतीका विषयमा काठमाडौँमा छलफल

काठमाडौँ । नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिहीबार  आयोजित प्रहरी नेतृत्व तथा कर्मचारी पाठ्यक्रम (पिएलएससी) प्रथम समूहका सहभागीहरूसँगको छलफलमा चिनियाँ राजदूतले द्विपक्षीय सुरक्षा सहकार्यलाई सुदृढ बनाउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार त्यस अवसरमा उनले नेपाल प्रहरीका भावी नेतृत्वसँग विविध समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो । त्यसैगरी, नेपाल–चीन सम्बन्ध, समकालीन विश्व तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायतका विषयमा छलफल भएको थियो ।

Ncell
Extreme Energy

साथै सहभागीहरूले दुवै देशबीचको सम्बन्धको वर्तमान अवस्था, आपसी सहकार्य र भविष्यका सम्भावनाबारे धारणा राखेका थिए । राजदूत चाङले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको उल्लेख गर्दै कानुन कार्यान्वयन तथा सुरक्षा सहकार्य आगामी दिनमा अझ उच्च तहमा पुग्ने विश्वास व्यक्त गरे।

द्विदेशीय सहकार्यले दुवै देशबीचको आपसी विश्वास अभिवृद्धि गर्नुका साथै क्षेत्रीय स्थायित्वमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली...
३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

३५० रुपैयाँमा मोबाइलको कभर र सिसा फेरेका प्रहरीलाई पर्यो १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो १६ दिनको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत पुडासैनीलाई बम्पर उपहार विजेता घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित...
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

उनीसँग राष्ट्र बैंकमा एक दशकबढी काम गरेको अनुभव छ । उनले मुद्रा व्यवस्थापन विभागको निर्देशक हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकको समेत जिम्मेवारी सम्हालेका थिए ।
कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

कांग्रेस महाधिवेशन तालिका फेरि ‘रकेट स्टाइल’मा, इतरपक्ष रोक्ने प्रयासमा

‘एकदमै छोटो समयमा वडादेखि सबै तहको अधिवेशन गर्नुपर्ने छ’ एक केन्द्रीय सदस्यले भने, ‘विवाद भएन भने त सकिएला, विवाद भयो भने कार्यतालिका अनुसार अगाडि बढ्न मुस्किल छ।’

भर्खरै