नेभिगेशन
मुख्य समाचार

किरण थापामगरलाई समर्थन गरेको भन्दै राप्रपा केन्द्रले उद्धव थापालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा नेकपा एमालेका किरण थापामगरलाई मुख्यमन्त्रीमा समर्थन गरिएको विषयलाई ‘अवैधानिक, अराजनीतिक र अनधिकृत’ भएको जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको साउन २० गते बसेको बैठकले प्रदेश सरकारका सम्बन्धमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो। उक्त अधिकार संसदीय दलका नेता उद्धव थापालाई नदिइएको राप्रपाको भनाइ छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेश सरकार गठनका क्रममा राप्रपाको संसदीय दलका तर्फबाट एमालेका थापामगरलाई मुख्यमन्त्रीमा दिइएको भनिएको समर्थन पार्टीको निर्णयविपरीत रहेको प्रवक्ता श्रेष्ठले बताए।

Marvel
Extreme Energy

उनका अनुसार उक्त समर्थन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकार गठनको ‘गणितीय चलखेल’मा सहभागी नहुने गरेको निर्णय तथा बागमती प्रदेश संसदीय दलको सोहीअनुसारको निर्णयविपरीत छ।

राप्रपाले घटनालाई गम्भीर अनुशासन उल्लंघनको विषयका रूपमा लिएको जनाएको छ। यस सम्बन्धमा पार्टीको अनुशासन समितिको बैठकसमेत बसेको छ।

अनुशासन समितिले सम्बन्धित सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसैबीच राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक भदौ ४ गते बिहीबार दिउँसो १२ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।

बैठकमा बागमती प्रदेश सरकार गठनका क्रममा देखिएको विवाद तथा पार्टीको निर्णयविपरीत भएको भनिएको समर्थनका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ, करिब ९० लाखकाे काराेबार गरेकाे खुल्याे

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

काठमाडौँ महानगरले तोक्यो फूल बेच्ने ठाउँ

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ...