नेभिगेशन
सबै कुरा

जिल्ला सुरक्षा समितिको निर्देशनबिना बालकुमारीमा गोली चल्यो : गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा जिल्ला सुरक्षा समितिको निर्देशनबिना गोली चलेको बताएका छन् । उनले आदेश बिना गोली चलाएका कारण प्रहरी अधिकारीलाई छानबिनमा तानिएको बताएका छन् । त्यस्तै भौतिक पूर्वाधार मन्त्रीको पिएसओको समेत लापरबाही देखिएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री श्रेष्ठले भने, ‘केही मान्य ज्यूहरुले प्रहरीलाई किन कारवाही गरेको, पिएसओलाई किन कारवाही गरेको भन्ने प्रश्न गर्नुभयो ? आदेशबिना गोली हानेको देखिएको छ, त्यसलाई कारबाही गर्ने भनेर उल्टै मान्य ज्यूहरुले भन्नु चाहीँ दुखद हो । जिल्ला सुरक्षा समितिको निर्देशन बिना त्यस्तो नहुनुपर्ने भन्दाभन्दै आदेश बिना गोली चलाउनेलाई छानबिन गर्न पनि त त्यसलाई निलम्बन गर्नैपर्यो नी ! त्यसलाई त ठिक गरेको पो भन्न पर्यो त ।’

Ncell
Extreme Energy

त्यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रीका पिएसओलाई गरिएको कारवाही बारे पनि जवाफ दिएका छन् । ‘भिआइपीले कुन बाटोबाट जाने भन्ने त उसले निर्धारण गर्नुपर्छ नी । विशेष परिस्थितीमा त त्यो सुरक्षाकमीहरुको दायित्व हो नी । त्यो पिएसओले त्यो कुरा त हेनुपर्छ नी । भिआईपीले भनेको भएपनि त्यो बाटो लैजान मिल्दैन, सुरक्षाको दृटिकोणबाट । मन्त्रीजीको गाडी त्यहाँ लैजाने पिएओको दोष छैन त ? छ भन्ने अनी कारवाही गर्न हुन्न भन्नी । मिल्दैन क्या ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।