नेभिगेशन
मुख्य समाचार

सरकारले फेरि सिफारिस गर्यो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौँ । सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फेरि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने– ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएकोमा जारी गर्न पुनः सिफारिस गर्ने निर्णय भएको छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, बैठकले परम्परागत कोइलरलाई इलेक्ट्रोनिक कोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापनको क्षमता बढाउन विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण र ५ मिलियन अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकले भारतसँग जिटुजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । संसद् भवन परिसरमा प्रवेश लगायत विषय समावेश गरिएको सिंहदरबार परिसरको गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बोलाइएको छ।
विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै बेपत्ता

विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै बेपत्ता

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएकी एक बालिका मृत भेटिएकी छिन् ।
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
बिजुलीकाे पैसा घटाउने ऊर्जा मन्त्रालयकाे तयारी

बिजुलीकाे पैसा घटाउने ऊर्जा मन्त्रालयकाे तयारी

सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ ।