नेभिगेशन
सबै कुरा

बालकुमारी घटना बाहिर देखिएजस्तो सामान्य होइन, त्यहाँ केही न केही लुकेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटना सामान्य घटना नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् । त्यस्तै उनले ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताए।

Ncell
Extreme Energy

प्रधानमन्त्री प्रचण्डले भने,’दुई युवाको हत्या भएको घटना सामान्य छैन। मैलै यो घटनालाई गम्भीर रुपमा लिएको छु । बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, त्यहाँ केही न केही षडयन्त्र भएको छ । सो घटना जस्तो देखिएको छ त्यस्तो छैन। त्यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु। यो कतै लोकतन्त्रत्र र गणतन्त्रका विरोधमा डिजाइन छैन त भन्ने प्रूप त होइन। यसकारण तुरून्त निलम्बन गर्ने र उच्च स्तरीय छानबिन समिति गठन गरिएको हो।’

प्रधानमन्त्री प्रचण्डले राजनीतिक प्रणालीमाथि आक्रमण भएको त होइन भन्ने भान समेत परेको बताए। आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए ।

त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।

सरकारले गर्नसक्ने कामहरु तुरुन्त गरेको भन्दै उनले केही गलत भाष्य बनिरहेको बताए । जनतालाई निराशा बाँड्ने राष्ट्रवादी हुनसक्ने भन्दै प्रचण्डले गरेका राम्रा काम स्थापित गर्न आँट गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...