नेभिगेशन
सबै कुरा

बालकुमारी घटना बाहिर देखिएजस्तो सामान्य होइन, त्यहाँ केही न केही लुकेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटना सामान्य घटना नभएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् । त्यस्तै उनले ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताए।

Ncell
Extreme Energy

प्रधानमन्त्री प्रचण्डले भने,’दुई युवाको हत्या भएको घटना सामान्य छैन। मैलै यो घटनालाई गम्भीर रुपमा लिएको छु । बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, त्यहाँ केही न केही षडयन्त्र भएको छ । सो घटना जस्तो देखिएको छ त्यस्तो छैन। त्यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु। यो कतै लोकतन्त्रत्र र गणतन्त्रका विरोधमा डिजाइन छैन त भन्ने प्रूप त होइन। यसकारण तुरून्त निलम्बन गर्ने र उच्च स्तरीय छानबिन समिति गठन गरिएको हो।’

प्रधानमन्त्री प्रचण्डले राजनीतिक प्रणालीमाथि आक्रमण भएको त होइन भन्ने भान समेत परेको बताए। आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए ।

त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।

सरकारले गर्नसक्ने कामहरु तुरुन्त गरेको भन्दै उनले केही गलत भाष्य बनिरहेको बताए । जनतालाई निराशा बाँड्ने राष्ट्रवादी हुनसक्ने भन्दै प्रचण्डले गरेका राम्रा काम स्थापित गर्न आँट गर्नुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।