नेभिगेशन
क्रिकेट

गुल्सनले ५ विकेट लिएपछि हार्यो ओमान

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा आयोजित सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ । ओमानलाई पराजित गर्दा नेपाली बलर गुल्सन झाले ५ विकेट लिए ।

गुल्सनले ५ विकेट लिएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो ।

Ncell
Extreme Energy

आजको जितसँगै नेपालले यस सिरिजमा चारमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । हालसम्मका २४ खेलबाट १८ अंक जोडेको नेपाल लिग टु को सातौं स्थानमा छ । लिग टु मा ८ टोली सहभागी छन् ।

नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमानले पुरा ओभर खेल्न पनि सकेन ।

ओमानका लागि विकेटकिपर विनायक शुक्लाले ४१ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३६ रन बनाए । यस्तै हम्मद मिर्जाले ३४, हसनैन वाहावले २९ रन बनाए । अघिल्लो खेलमा नेपाल विरुद्ध शतक बनाएका कप्तान जतिन्दर सिंह १२ र वासिम अली १० रनमा आउट भए ।

ओमानलाई अलआउट गर्न नेपालका लागि गुल्सन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडेका थिए ।

ओमानका लागि नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए । जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए ।

अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलिति लिग टु को अर्को सिरिज यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ । (तस्बिर- नेपाल क्रिकेट संघ)

can-2-1777981280.jpg

can-1-1777981362.jpg

can-4-1777981361.jpg

can-3-1777981361.jpg

can-2-1777981280.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप क्रिकेट
‘मै पनि कांग्रेस हुन्थेँ होला...’

‘मै पनि कांग्रेस हुन्थेँ होला...’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले पार्टीको निष्ठा, मूल्य–मान्यता र त्यागको राजनीतिलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।
गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन्।
कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट र अनौपचारिक संवादका दृश्य देखिएका छन्।
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन नयाँ यात्राको सुरुवात भएको बताएका छन्।