नेभिगेशन
समाज

नेपालगञ्जमा २२ वर्षीय युवकको हत्या, घटना भएको १० घण्टामै ६ आरोपी पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दीपेन्द्रराज गिरी, सोही स्थान निवासी २० वर्षीय बिबीएस कुँवर, सोही स्थानका १८ वर्षीय सुशील खत्री, सोही ठाउँका २० वर्षीय खकेन्द्र देवकोटा, कालीकोट पचालझरना–६ बस्ने १८ वर्षीय सन्तोष सन्ज्याल र सुर्खेतका २० वर्षीय रुपेश थापा रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो घटनामा संलग्नमध्ये चार जनालाई बर्दिया ठाकुरबाबा नगरपालिकाबाट र दुई जनालाई नेपालगञ्जबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनका अनुसार घटनास्थालबाट प्रहरीले एक थान चक्कु, सुपप्र ०१–०१४ प १२५६ नं को एनएस २०० मोटरसाइकल, सिसाका बोटल बरामद गरेको छ । 

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक पातलीका अनुसार नेपालगञ्ज–१२ स्थित प्रितम अधिकारीको घरमा ब्रतवन्धको कार्यक्रम रहेको, घरमा बस्ने ठाउँ नभएकाले छिमेकीको घरमा गएको र रमाइलो गर्ने क्रममा दीपेन्द्रराज गिरी र विशालचन्द ठकुरीबीचको विवादले उग्ररुप लिएपछि बाँकेको खजुरा गाउँपालिका–६ का २२ वर्षीय विशाल चन्द ठकुरीको हत्या भएको थियो । 

उनका अनुसार चक्कुलगायतका धारिलो हतियार ठकुरीमाथि प्रहार गरिएको र कोठाबाट भाग्न खोज्दासमेत लखेट्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते भएका ठकुरीको स्थानीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । 

प्रहरीले घटनाको खबर प्राप्त गरेको दश घण्टामै घटनामा संलग्नहरुलाई पक्राउ गरेको थियो । घटना घटाउने बित्तिकै  अभियुक्तहरू बर्दियातर्फ भागेका  थिए । प्रहरीलाई झुक्याउन उनीहरुले ठाकुरद्वारा स्थित पाँचघण्टामा दुईटा होटेल बदलेका थिए। त्यसैगरी हायस गाडी चढ्दै मोटरसाइकल चढ्दै लम्कीदेखि अर्कै प्राइभेट कार मगाएर भागेका थिए । तर प्रहरी उनीहरुलाई पक्राउ गर्न सफल भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै