नेभिगेशन
सबै कुरा

आफ्नो लगानीमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिए मन्त्रालय अगाडिनै अनसन बस्ने सांसदको चेतावनी

काठमाडाैँ : नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा  शिवपुरी निकुञ्ज क्षेत्रमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका छन् । त्यस्तै सँधै सरकारी निकायले दुखः दिइरहने हो भने आफू मन्त्रायल अघि नै अनसन बस्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिसोर्ट सञ्चालनको फाइल चार बर्षसम्म मन्त्रालयमा थन्काएर राखिएको भन्दै खड्काले वन मन्त्रालयमा पुगेर आक्रोश व्यक्त गरेका हुन् । उनले सबै निकायको सहमति जुटाएर फाइल पेश गर्दा नियतवस रोकिएको दावी गरेका छन् । मुलुकमा रोजगारी सिर्जनाका साथै आर्थिक क्षेत्रलाई सहयोग पुराउन रिसोर्ट खोल्न लागेपनि समयमा नै अनुमति नदिएर करौडौँ नोक्सानी भएको उनले बताए । उनले आफ्नो फाइल रोकिनुको कारणको जानकारी नपाए मन्त्रालयमा नै अनसन बस्ने बताएका छन् ।

Ncell
Extreme Energy

यता वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले शिवपुरी निकुञ्ज क्षेत्रमा रिसोर्ट खोल्दा पुरा गर्नुपर्ने मापदण्डमा समस्या देखिएकाले फाइल अघि बढ्न नसकेको बताए । उनले कानूनले तोकेबमोजिम दण्ड जरिवाना गरेपनि अन्य काम प्रक्रिया अनुसार हुन नसकेको देखिएको जिकिर गरेका छन् । कर्मचारीले तोकिएको मापदण्ड विपरित फाइल अघि बढाउन नमिल्ने उनले बताए ।

त्यस्तै वन मन्त्री विरेन्द्र प्रसाद महत्तोले यसमा जरिवाना तिरिसकेपछि पनि फाइल रोकेर राख्नु कर्मचारीको नियतको प्रश्न रहेको बताएका छन् । उनले कर्मचारीले आफुलाई नटेर्ने भन्दै वन मन्त्रालयको कुनै औचित्य नरहेको बरु वन बिभाग मात्रै राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

त्यस्तै मन्त्री महत्ताले वन मन्त्रालयमा नियमसंगत आएका अन्य फाइलहरुलाई पनि कर्मचारीहरुले रोक्ने गरेको गुनासो गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।