नेभिगेशन
विदेशका कुरा

पाकिस्तानको उत्तर–पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ प्रहरीको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा  आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराएको स्थानीय प्रहरी अधिकारीहरूले बताएका छन् । विस्फोटपछि केही सशस्त्र समूहका सदस्यहरूले चौकीमा प्रवेश गरी प्रहरीमाथि गोली चलाएको जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन् ।
अधिकारीहरूले आक्रमणकारीहरूले भारी हतियारका साथै साना ड्रोन पनि प्रयोग गरेको बताएका छन् ।

Ncell
Extreme Energy

उनीहरूका अनुसार आक्रमणपछि फर्कने क्रममा आक्रमणकारीहरूले प्रहरीका हतियार र केही कर्मचारीलाई समेत लिएर गएको प्रारम्भिक जानकारी छ । बन्नु पछिल्ला वर्षहरूमा बढ्दो सशस्त्र गतिविधिबाट प्रभावित क्षेत्रका रूपमा रहँदै आएको छ ।

पाकिस्तान र अफगानिस्तानबीच सीमावर्ती क्षेत्रमा बढ्दो तनावका बीच यो आक्रमण भएको हो । इस्लामाबादले अफगान भूमिलाई केही समूहका लागि सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै आएको छ भने काबुलले सो आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्ला महिनाहरूमा दुवै देशबीच सम्बन्ध थप तनावपूर्ण बन्दै गएको र सीमावर्ती क्षेत्रमा हिंसात्मक झडपहरू समेत भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...