नेभिगेशन
विदेशका कुरा

युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग

इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भन्नुभयो, “हामीले कुनै छुटको माग गरेका छैनौँ । हामीले इरानको वैधानिक अधिकारका लागि मात्र माग गरेका छौँ ।” उनले इरानको मागमा ‘यस क्षेत्रमा युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने’ र ‘वर्षौंदेखि विदेशी बैङ्कमा अन्यायपूर्वक फसेको इरानी जनताको सम्पत्ति रिहाइ’ समावेश रहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावमाथि इरानले दिएको प्रतिक्रियालाई अस्वीकार गरेको बताए । बकाईले खाडीमा जारी तनावलाई औँल्याउँदै भने, “तेहरानले युरोपेली देशहरूलाई कसैलाई पनि फाइदा नहुने सङ्कटमा संलग्न नहुन चेतावनी दिएको छ । स्ट्रेट अफ हर्मुज’मा कुनै पनि प्रकारको हस्तक्षेपले स्थितिलाई थप जटिल बनाउनेछ ।”

Ncell
Extreme Energy

बेलायत र फ्रान्सले स्ट्रेट अफ हर्मुज सुरक्षित गर्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरहेका छन्, तर यो अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि मात्र हुने बताइएको छ । शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले रोमको दुई दिने भ्रमण सकिएपछि युरोपेलीहरूलाई प्रमुख जलमार्ग सुरक्षित गर्न मद्दत गर्न आग्रह गरेका थिए।

सोमबार पत्रकारहरूसँगको कुराकानीका क्रममा बकाईले खाडीमा कथित तेल चुहावटको दावीलाई अस्वीकार गरेपछि भू–उपग्रह लिइएका तस्बिरहरूमा इरानको खार्ग टापुको तटमा तेलको थोपा फैलिएको देखिएको थियो ।

उनले भने, “तेलको चुवावट र यस्तै मामिलाहरूको बारेमा गरिएका दाबीहरू पूर्ण रूपमा मनगढन्ते पुष्टि भएका छन् ।” उनले खाडीमा देखिएको सम्पूर्ण समस्याका लागि अमेरिकी उपस्थितिलाई दोष दिँदै अगाडि भने, “तेहरान खाडीमा ‘वातावरणीय क्षतिको बारेमा धेरै चिन्तित छ’।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...