नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीको अनुपस्थितिबारे सत्तापक्ष–प्रतिपक्ष सवाल जवाफ

 काठमाडौँ । संसदमा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरिरहँदा सत्तापक्षले भने संसदको नियमावली अनुसार सदनलाई अगाडि बढाउन आग्रह गरेको छ ।

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाह आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी आएकाले संसदको नियमावलीको दफा ३८ अनुसार बैठकलाई अगाडि बढाउन आग्रह गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने ‘प्रधानमन्त्री उपस्थित हुन नसक्ने जानकारी आएको छ, उहाँको अनुपस्थितिमा नियमावलीको दफा ३८ अनुसार बैठक सञ्चालन गरौं।’
तर, विपक्षी दलहरुले भने बुर्लाकोटीको आग्रहलाई स्वीकार गरेनन् ।

Ncell
Extreme Energy

उनीपछि बोल्दै एमाले सांसद गुरु बरालले प्रधानमन्त्री उपस्थित हुन नसक्ने स्पष्ट कारण सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

त्यसअघि कांग्रेस सांसद अर्जुननरसिंह केसी, नेकपा सांसद युवराज दुलाल लगायतले पनि प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखसँग माग गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनमार्फत आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका हकहितका विषय समेटिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ८ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई...