नेभिगेशन
मुख्य समाचार

विपक्षीको अवरोधले संसद बैठक भोलिसम्मका लागि स्थगित


काठमाडौँ । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

आजै तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रम छलफलका लागि पेस गर्ने र छलफलमा उठेका विषयमा जवाफ दिने कार्यसूची थियो । 

Ncell
Extreme Energy

तर, प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै विपक्षी दलहरुले आपत्ती जनाए । उनीहरुले प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न सभामुखसँग माग गरे । 

बिहान ११ बजेको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरे । तर पनि छलफल हुन सकेन ।

त्यसपछि सभामुखले फेरि बैठक स्थगित गरे । तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलहरुले अवरोध जारी राखेपछि सभामुखले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनमार्फत आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका हकहितका विषय समेटिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ८ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई...