नेभिगेशन
सबै कुरा

गुणस्तरहीन काम गरेको भन्दै सडक निर्माण कार्यमा स्थानीयको अवराेध

रौतहट: रौतहटको चन्द्रनिगाहपुर–गौर सडक खण्ड बिस्तार गरी निर्माणाधिन सडक कालोपत्रेको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले काम बन्द गराएका छन् । 

नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात मन्त्रालय, सडक विभाग , संघीय सडक सुपििरवेक्षण तथा अनुगमन कार्यालय ईटहरी , सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट उक्त  सडक निर्माणको काम भइरहेको हो । सडक निर्माणको जिम्मा पाएको आश्रय निर्माण सेवा प्रा.लिले निर्माणाधिन सडक खण्डमा प्रयोग गरिएका निर्माण सामाग्रीहरु मापदण्ड अनुसारको नभएको, पुरानै उप्किएको कालोपत्रे समेत प्रयोग गरेर धमाधम काम गरेको आरोप लगाउँदै स्थानीयले काम बन्द गराएका छन् ।

Dish Home
Global Ime Bank


सडक कालोपत्रेका लागि आवश्यक आधार नै मापदण्ड विपरित रहेको उनीहरुको गुनासो छ । सडकको ‘बेस’ आधारका लागि आवश्यक पर्ने गिट्टी, बालुवा र माटो लगायतका विषयमा ध्यान दिनुपर्नेमा निर्माण कम्पनीले लापरवाही गरेका कारण काम बन्द गराइएको स्थानीय बताउँछन् । सो सडक दिर्घकालिन अवधारणा अन्तर्गत पर्ने भएकाले बलियो र गुणस्तरीय बनाउनु पर्ने उनीहरुको माग छ।  

सडक निर्माणको काम सम्झौताअनुरुप नभएको र मापदण्ड विपरित गुणस्तरहीन भएको चन्द्रपुर नगरपालिका–६ का वडा अध्यक्ष सहदेव के.सीले बताए ।  वडा अध्यक्ष के.सीले सडकको जग नै बलियो नभएपछि सडक गुणस्तरीय नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘सडकको बेश आधार मापदण्ड अनुसार नहुँदा कालोपत्रे टिकाउ नहुने भएकाले यसमा बिशेष ध्यान दिन आवश्यक छ ।’, उनले बताए । 

१७ सय मिटर दुरीको उक्त सडक निर्माणका लागि १३ करोड ९३ लाख ६७ हजार ६४९ रुपैँयामा सम्झौता भएको हो । सम्झौतामा २०७९ माघ ४ गतेबाट काम गरी २०८१ माघ ३ गते सम्म सम्पन्न गर्नु पर्ने उल्लेख छ । तर आश्रय निर्माण सेवा प्रा.लिले सडक निर्माणमा प्रयोग गरेको सामाग्री र कार्यप्रति चन्द्रपुरका युवा नेता नरेश लामिछानेले असन्तुष्टि व्यक्त गरे । 

त्यस्तै निर्माणको जिम्मा पाएको आश्रय निर्माण सेवा प्रा.लिले सडक निर्माणका लागि ल्याएको सामाग्री त्यहीँ प्रयोग नगरी अन्यत्रै बिक्री गर्ने गरेको स्थानीयको आरोप छ । सडक निर्माणको नाममा उत्खनन् गरिएका नदिजन्य सामग्री अन्यत्र बिक्रीवितरण गर्न नपाइने कानुनी प्रावधान छ । तर सो निर्माण कम्पनीले खुल्लमखुल्ला त्यस्ता गतिविधि गरिरहेको र गैरकानुनी कार्य गर्ने त्यस्ता कम्पनीलाई कारबाही गरिनुपर्ने स्थानीयको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जसलाई महिला दिवसले छोएन...

जसलाई महिला दिवसले छोएन...

‘हामीलाई त कामबारे मात्रै थाहा छु , उनले भनिन्। महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउछिन्। दिवसका...