नेभिगेशन
मुख्य समाचार

कामु प्रधानन्यायाधीश मल्ललाई रास्वपा सांसदको चेतावनी : राजनीति गर्ने हो भने कोट खोलेर आउनुस्

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपन प्रधान मल्लले दिएको आदेशबारे संसदमा कुरा उठेको छ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले कामु प्रधानन्यायाधीशको आदेश संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सांसद समीक्षा बास्कोटाले न्यायाधीशहरुले नै राजनीति गर्न खोजेको टिप्पणी गरिन् । उनले भनिन्– ‘राजनीति नै गर्न खोज्नु भएको हो भने न्यायमूर्तिहरु कोट खोलेर आउनुस् हामी तयार छौं ।’

Ncell
Extreme Energy

उनले न्यायालयले शक्ति पृथकीकरणको सिद्धान्त बिर्सेको हो कि ? भनेर प्रश्न गरिन् । न्यायपालिकाले यो स्तरमा उठेर काम गर्न थाल्यो भने के हुन्छ ? उनको अर्को प्रश्न थिठयो । उनले विषयान्तर नगर्न पनि न्यायाधीशहरुलाई आग्रह गरिन् ।

कामु प्रधानन्यायाधीशले आफैंले डेलिगेसन बोलाएर दरपीठ भएको निवेदन दर्ता गर्न कर्मचारीलाई आदेश दिनु कहाँसम्मको न्यायिक प्रक्रिया हो भनेर पनि उनले सोधिन् ।

त्यस्तै, रास्वपाकै अर्का सांसद यज्ञमणि न्यौपानले अदालतले अनावश्यक सक्रियता देखाएको आरोप लगाए । ‘अदालतको यो सक्रियता के का लागि हो?’ उनले भने– ‘स्वार्थको द्वन्द्व देखिने गरी काम भएको छ, यसले न्यायपालिकाले आफ्नो स्वतन्त्रता कायम राख्न सहयोग पुर्याउँदैन ।’

रास्वपाका सांसदहरु बास्कोटा र न्यौपानेले बोलेका विषयमा एमाले सांसद ऐनबहादुर महरले नियमापत्ती गर्दै अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नमिल्ने दाबी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनमार्फत आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका हकहितका विषय समेटिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ८ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई...