नेभिगेशन
सबै कुरा

जनैपूर्णिमाका अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको घुइँचो

१४ भदौ, म्याग्दी- जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारनी थानमा पूजाआजा र तलाउमा स्नानका लागि एक हजार बढी भक्तजन पुगेका छन् । समुद्री सतहदेखि चार हजार छ सय ३० मिटर उचाइमा अवस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पूजाआजाका लागि म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत भक्तजन पुगेको वडाध्यक्ष राजेश तिलिजाले जानकारी दिए । उनका अनुसार, मौसम अनुकूल भएपछि विगतका वर्षहरुको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयर आएका छन् । 

Ncell
Extreme Energy

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाएको छ । क्षमताभन्दा बढी तीर्थयात्री आएपछि आवास व्यवस्थापनमा समस्या भएको छ । खयरभारानीको दर्शनका लागि तीन दिनेअघिदेखि नै पर्यटक र तीर्थयात्री पैदलयात्रा हँदै खयर पुग्न थालिसकेका थिए । 

त्यसैगरी रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा समेत भक्तजनको बिहानैदेखि भीड लागेको छ । जिल्ला सदरमकाम बेनीदेखि रिखार पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्छ । पानीको तलाउनमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकको लागि अनौठो र आकर्षणको रुपमा रहेको छ । 

ऋखार क्षेत्रमा दुई दिनदेखि तीर्थयात्रीको चाप बढेको सप्तऋषि युवा क्लबका सल्लाहकार अङ्कित पुनले बताए । हरेक वर्ष ऋखारको भ्रमण र दर्शनमा आउने तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको छ । जनैपूर्णिमाको दिन आफ्नो मनोकाङ्क्षा लिएर नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनको चहलपहल छ  । यी तलाउ र थानमा जनैपूर्णिमाको अवसरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले  पूजाआजा र भाकल गर्ने चलन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...