नेभिगेशन
विदेशका कुरा

हर्मुजमा शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाको नयाँ प्रतिबन्ध

रणनीतिक हर्मुज जलघाँटी हुँदै हुने समुद्री आवागमनबाट शुल्क उठाउने इरानी निकायमाथि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गर्दै तेहरानमाथिको आर्थिक दबाब अझ कडा बनाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ विरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो । अमेरिकाका अनुसार उक्त निकायले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजहरूबाट शुल्क असुल्ने व्यवस्था सञ्चालन गर्दै आएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने यस जलमार्गसँग सम्बन्धित नयाँ कदमलाई वासिङ्टनले इरानमाथि आर्थिक नियन्त्रण कडा पार्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।

Ncell
Extreme Energy

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जारी विज्ञप्तिमा इरानी सेनाले विश्वव्यापी समुद्री व्यापारबाट आर्थिक लाभ उठाउने पछिल्लो प्रयासले तेहरान नगद अभावको दबाबमा परेको सङ्केत दिएको बताए। उनले इरानी नेतृत्वले आफ्नो कार्यक्रम सञ्चालन गर्न नयाँ राजस्व स्रोत खोजिरहेको दाबी गरेका थिए ।

विज्ञप्तिअनुसार हर्मुजमार्फत यात्रा गर्न शुल्क तिर्ने व्यक्ति वा संस्थाहरू पनि अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चेतावनी दिइएको छ । मन्त्रालयले त्यस्ता भुक्तानीहरूलाई इरानको रिभोलुसनरी गार्ड्सलाई सहयोग वा सेवा उपलब्ध गराएको रूपमा व्याख्या गर्न सकिने उल्लेख गरेको छ ।

बेसेन्टले अमेरिकाले इरानी शासनलाई उसका हतियार कार्यक्रम, क्षेत्रीय सशस्त्र सहयोगी समूह तथा आणविक महत्त्वाकांक्षाका लागि आवश्यक आर्थिक स्रोतबाट वञ्चित गर्न काम गरिरहेको बताए। विज्ञप्तिमा अमेरिकाले तेहरानलाई ‘दशौँ अर्ब डलर बराबरको सम्भावित राजस्व पहुँचबाट टाढा राख्न’ सफलता हासिल गरेको दाबी पनि गरिएको छ ।

यसैबीच, पर्सियन गल्फ स्ट्रेट अथोरिटीले मई २० मा सामाजिक सञ्जाल एक्समा आफ्नो भनिएको ‘नियामक क्षेत्राधिकार’ स्पष्ट पार्ने नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सामा हर्मुज जलघाँटीका दुवै किनारतर्फ रातो रेखा कोरेर मार्ग प्रयोगका लागि इरानी स्वीकृति आवश्यक पर्ने क्षेत्रहरू देखाइएको थियो ।

युद्ध र कूटनीतिक तनावबीच यो विवाद थप संवेदनशील बनेको छ । अमेरिकी र इरानी सेनाले अप्रिल ८ यता युद्धविरामको पालना गर्दै आएका भए पनि राजनीतिक समाधानका लागि कूटनीतिक प्रयास जारी छन् । त्यसका बाबजुद हर्मुज हुँदै हुने खाडी क्षेत्रको जलपरिवहनमा इरानको नियन्त्रण अझ कडा बनेको अमेरिकी पक्षको आरोप छ भने पछिल्ला दिनहरूमा अमेरिकाले इरानी लक्ष्यहरूमा सैन्य आक्रमणसमेत सुरु गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सोमबार तेहरानले रणनीतिक हर्मुज मार्गको ट्राफिक व्यवस्थापन जारी राख्ने बताए। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास पारगमन हुने यस समुद्री मार्गमा इरानले ‘टोल’ नभई ‘नेभिगेसनल सेवा’ उपलब्ध गराएबापत शुल्क लिइरहेको उनको दाबी थियो ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इस्लामिक गणतन्त्रमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा इरानले क्षेत्रभर मिसाइल र ड्रोन आक्रमणमार्फत प्रतिकार गरेको घटनाक्रम पनि यस तनावपूर्ण पृष्ठभूमिसँग जोडिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप विदेशका कुरा
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...